यस्तो छ ईश्वर पोखरेलको घरदैलो, कलाकारको पोखरेललाई नै जिताउने अठोठ



 टेलिभिजन र चलचित्रका पर्दामा मात्र हेरेका कलाकारलाई आफ्नै घरआँगनमा देखेपछि काठमाडौंका टोखावासीमा खुसीको कुनै सीमा रहेन । सवै मक्ख परे । सँधैजसो टेलिभिजनमा देखिने तिनै कलाकार त्यो पनि भोट माग्दै आफ्नो घर–दैलोमा आइपुगेपछि टोखावासीलाई केहीबेर त पत्याउन पनि मुस्किल प¥यो । केही समय त कुनै सिनेमाको सुटिङ गर्न पो आएका हुन् की भनी अलमलमा परे ।

तर, कलाकारहरु कुनै सिनेमाको सुटिङ गर्न नभइ एमाले महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोख्रेलको पक्षमा भोट माग्न सांस्कृतिक नगरी टोखा पुगेका थिए । त्यो कुरा स्थानीयले जब बुझे उनीहरु थप उत्साहित मात्र भएनन् देशका चर्चित कलाकारहरु दिनेश डिसी, कोमल वली, निखिल उप्रेती लगायतसँग रहर पुगुन्जेल तस्बिर पनि खिचाए ।
सुरुमा महासचिव पाखरेल कार्यकर्तासहित टोखावासीको घरदैलोमा विहीबार बिहानै पुग्दा टोखावासी हस्याङ्फस्याङ् गर्दै स्वागतमा निस्किएका थिए ।

केहीबेरपछि पोखरेलकै निर्वाचन क्षेत्रका कलाकार दिनेश डिसी पनि टुप्लुक्क देखा परे । केही बेरमा चर्चित लोकगायिका कोमल वली पुगिन् लगत्तै अभिनेता निखिल उप्रेती पनि त्यहाँ थपिएपछि टोखाको माहौलको रौनक नै अर्कै बन्यो । त्यसपछि कलाकारहरु पोखरेलको पक्षमा भोट माग्दै हिँडेपछि त्यहाँको माहोल थप रोचक बन्यो । अघिअघि महासचिव पोख्रेल अनि पछिपछि कलाकार र कार्यकर्ताको हुल करिब तीन घण्टा घरदैलो कार्यक्रममा हिडेपछि केही बेर भाषणको कार्यक्रम पनि भयो ।

सुरुमा मन्तव्य राख्नुभएका महासचिव पोख्रेलले कलाकारलाई छेउमै राखेर स्थायी सरकारका लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले देशको समृद्धिका लागि वाम गठबन्धनको सरकार नै आवश्यक भएको पनि बताउनुभयो । देश नै वाममय भएको भन्दै उहाँले राष्ट्रका गहना भनिने कलाकारहरुको समेत साथ पाउनु गौरवको विषय भएको बताउनुभयो । पोखरेलपछि मन्तव्य राख्नु भएका कलाकार उप्रेतीले पोखरेल जस्तो उम्मेदवार पाउनु टोखावासीको गौरव भएको दाबी गर्नुभयो । उहाँले दलहरु धरै भएको भन्दै देशको समृद्धिका लागि थोरै पार्टी चाहिएको बताउनुभयो ।

लोक गायिका कोमल वलीले पनि देशको स्वाभिमानलाई आफ्नो दिलमा सजाएर राख्ने सु–संस्कृत र राष्ट्रिय पहुँच भएका पोखरेललाई विजयी बनाउन टोखावासीसँग आग्रह गर्नुभयो । कलाकार डिसीले पनि पोख्रेलको पक्षमा भोट माग्नुभयो । त्यहाँ तीन दर्जन बढीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरे ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग