प्रचण्ड माथी बम प्रहार गर्ने सुचना संगै चितवनमा हङ्गामा,एमाले संग सती गएको भन्दै यसरी बन्यो प्रचण्डलाई बम हान्ने योजना



उम्मेदवार माथी लक्षित गरेर बम हमला गर्ने क्रमले तिब्रता पाउन थालेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमणको सूचना पाएपछि स्थानीय प्रशासनले चितवनमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माओवादी अध्यक्ष प्रचण्डमाथि नै आक्रमणको रणनीति बनाएको छ । विप्लव नेतृत्वको पार्टीका एक केन्द्रीय नेताका अनुसार ‘क्रान्तिलाई धोका दिएर एमालेसँग सतिजाने प्रचण्डलाई कारबाही गर्ने’ निर्णय नै भएको हो ।

ती नेताका अनुसार प्रचण्डलाई चितवनकै कार्यक्रममा आक्रमणको योजना विप्लवको शीर्ष बैठकले गरेको हो । ‘यसको रिहर्सल रोल्पा, रुकुम, खोटाङ लगायतका जिल्लामा भइसकेको उनले बताएका हुन् ।विप्लब कुनै बेलाका प्रचण्डका अति बिश्वाश पात्र पनि हुन्।

ती नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अबको निशाना चितवन हो, जनयुद्धमाथि गद्दारी गर्ने प्रचण्ड हुन् ।’ नेकपा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि मुलुकभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवनको सुरक्षा व्यवस्था कडा

नेपाल प्रहरीका अनुसार चितवनको सुरक्षा व्यवस्था कडा पारिएको छ। केन्द्रीय सुरक्षा योजना अन्तरगत जिल्ला सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जनाएका हुन्।

थापाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रहने छ। ‘३ घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ,’ थापाले भने, ‘आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालन गरिने छ।’आजै मात्र ओली प्रचण्ड र नारायणकाजी माथि बम प्रहार भयो भने रोल्पामा सिंचाई राज्य मंत्री माथी पनि हमला भयो।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त

बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष