भारतीय दुताबासले चुनाबी खर्च नदिए पछी कांग्रेस र राजपाका नेतामा छट् पटी,बाम गठबन्धनका नेता पनि रित्तै,दुताबासबाट रकम पाउनेको यस्तो छ लिष्ट



दुई चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावको निर्र्धािरत मिति नजिकिएको छ । नेताहरु निर्वाचनमा खटिँदै गर्दा खास किसिमका दाताहरुले खर्च नपठाएको भन्दै ठुलादल र मधेसीदलका केहि नेताहरु तनावमा परेका छन् ।
चुनावी प्रयोजनका लागि आर्थिक सहयोग नगर्दा दलका नेताहरु यतिबेला तनावमा रहेका हुन् । समाचार श्रोत भन्छन् ‘भारतीय दुतावासले आजका दिनसम्म पनि आर्थिक सहयोग नगर्दा प्रमुख दलका नेताहरु समेत चिन्तित बनेका छन् ।

बिगतमा दुतावासले दलगत र ब्यक्तिगत गरि दुई तरिकाबाट चुनावी प्रयोजनका लागि आर्थिक सहयोग गर्ने गरेका थिए । तर यसपटक अहिलेसम्म पनि गरेका छैनन् भने गर्ने छाटकाट पनि देखिएको छैन् ।
भारतीय सत्ता केन्द्रित राजनीतिमा भएको परिर्वतन र भारतिय कांग्रेस पार्टीको बहिरगमनका कारण यसपटक दुतावासको नयाँ निती अनुसार यहाँका दलहरुलाई चुनावी प्रयोजनका लागि आर्थिक सहयोग नगर्ने बुझिएको छ ।

श्रोतले भन्यो – ‘भारतमा अहिले भारतीय जनता पार्टी सत्ता रहेको छ र भारतीय कांग्रेस यत्तिबेला प्रतिपक्षी दलको रुपमा छन् र नेपाली कांग्रेस पनि भारतीय कांग्रेस पार्टीकै विचारधारको राजनीतिक दल भएका कारण भारतीय पक्षबाट नेपाली कांग्रेसले सहयोग नपाउने भएको हो ।
कम्युनिष्ट पार्टी त झन भाजपाको घोषित दुश्मन नै भयो ,त्यसैको त हुने कुरै भएन एजेन्टहरु बिच यस्तै चर्चा चुलिएको छ । ‘बांम९गठबन्धनले समेत यसपटक कुनै खालको आर्थिक पाउने छैनन । तर ब्यत्तिगत रुपमा खास सम्बन्धका कारण केहि नेताहरुले भने चुनावी प्रयोजनका लागि आर्थिक सहयोग पाउनेछन् ।

त्यसमा मधेसी दलका नेताहरु बढि पर्ने लौनचौर स्रोतले बताएको छ । यता, स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएर दुतावासबाट मोटो आर्थिक सहयोग पाएको राजपा नेपाल पनि यसपटक कुनै खालको आर्थिक सहयोग पाएको छैन ।

तर राजपाका नेताहरुले चुनावी आर्थिक सहयोग पाउनेमा ढुक्क रहेको न्युज अभियानले जनाएको हो । ‘केहि ढिलोचाडो होला तर सहयोग त पाइन्छ नै हामी सम्पर्कमै छौं’ एक शिर्ष नेताले भने ‘काठमाडौं स्थित दुतावासले होइन की दिल्लीबाटै चुनावी सहयोगका लागि बजेट तय भइसकेको छ ।

मोटो आर्थिक सहयोग नपाउदा राजपाका शिर्ष नेताहरु यत्तिबेला निकै तनावमा रहेका छन् । त्यसो त प्राय सबै शिर्ष नेताहरु यसपटक आ९आफनै चिन्तामा डुबेका छन् भने तल्लो स्तरका उम्मेदवार नेताहरु समेत कुनै खालको सहयोग पाउन सकेका छैनन ।

बिगतमा टिकटसंगै केहि सहयोग पनि उम्मेदवारहरुले पाउथे तर यसपटक कुनै खालको आर्थिक सहयोग नेताहरुले पाउन सकेका छैनन् ।
एक उम्मेदवार नेताले भने ‘शिर्ष नेताहरु यसपटक आफै तनावमा छन अन्य चुनावहरु जस्तो यसपटकको चुनाव अवश्यपनि छैन यसपटकको चुनाव निकै जटिल रहेको छ ।’ भारतीय दुतावासको चुनावी हण्डीले धेरै नेताहरुलाई तनाव बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त

बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष