देउवा सरकारका तमाशे मन्त्री जसले बाटैमा पुलिसलाई जबर्जस्ती सलामी हान्न लगाए,ठाउँ न ठहर, सलामी लिने यस्तो लाज लाग्दो रहर



हाम्रो इकोनोमि

नेताहरु किन मन्त्री बन्न खोज्छन्? किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ।

यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्।

औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ। तर, बुधबार सुर्खेतबासीले सडकमा एउटा रोचक दृष्य देख्न पाए।
हिँडिरहेका एकजना व्यक्ति बुद्धमार्गस्थित मूल सडकमा नै प्रहरीबाट सलामी लिइरहेका थिए। ती व्यक्तिले प्रहरीबाट लिइरहेको दृष्य सडक वरिपरि रहेका स्थानीयवासीले रमाइलो मानेर हेरिरहेका थिए।
पछि स्थानीयवासीले थाहा पाए, उनी सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट पो रहेछन्। सुर्खेत–३ का निवर्तमान सांसद बिष्ट अहिले सुर्खेत–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन्।

ओहोदाका कारण बिष्ट प्रहरी सलामीका भागेदार होलान्। तर के बीच सडकमा यसरी सलामी लिइदिने दिने अभ्यासले मन्त्री पदको गरिमा बढ्ला?

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...