बाम गठबन्धन विरुद्ध देउवाले चलखेल गरेको कुरा चुहिए पछी ओली र प्रचण्डले आज संयुक्त पत्रकार सम्मेलन गर्दै, सरकारलाई यसरी दिदै छन् कडा जवाफ



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त रुपमा बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा अध्यक्षद्वय ओली र दाहाललाई एक साथ राखेर बिशेष पत्रकार सम्मेलन आयोजना गरेको हो ।

‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक साथ राखेर आज पत्रकार सम्मेलन आयोजना गर्ने तय भएको छ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले यस्को संयोजन गरेको छ,’ एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले भने ।

नेता रिमालका अनुसार अध्यक्षद्वय ओली र दाहालले हालसम्मको चुनावी प्रचार, सरकारबाट भइरहेको आचारसंहिता बिपरितका कामलगायत पार्टी एकता र चुनावी तालमेलबारे सञ्चार क्षेत्रमार्फत आम जनताको जिज्ञासा मेटनु हुनेछ । रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपालले जनाएको छ ।र त्यहाँ सरकारले बाम गठबन्धनका बिरुद्द हुने चलखेलको तिब्र बिरोध पनि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग