फ्रेस हाउस सञ्चालन गरेर मासिक डेढ लाख आम्दानी



हाम्रो इकोनोमि

पाँचथरको सदरमुकाम फिदिम बजारमै फ्रेस हाउस सञ्चालन गरेर एक व्यक्तिले मासिक रू एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् ।

फाल्गुनन्द गाउँपालिका–६ का देवराज कुरुम्बाङले दुई वर्षअघि पूर्वाञ्चल फ्रेस हाउस सञ्चालन गरी उक्त रकम कमाउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाँदा पनि भनेजस्तो काम नपाउँदा दुःखमात्रै पाइने भएको हुँदा स्वदेशमै व्यवसाय गरेको हुँ ।”

बजारमा व्यवस्थित मासु पसल सञ्चालन हुन नसकेको र माग बमोजिमको मासु फ्रेस हाउसले सेवाग्राहीलाई मासु उपलब्ध गराउन नसकेको हुँदा र अन्य व्यवसायभन्दा यस व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले फ्रेस हाउस सञ्चालन गरेको र यसलाई ताप्लेजुङको फुङ्लिङ बजारमा पनि बिस्तार गर्ने लक्ष्य रहेको कुरुम्बाङ बताउनुहन्छ ।

उहाँले गरेको व्यवस्थित फ्रेस हाउस देखेर पशुपक्षी मन्त्रालयले रु १० लाख अनुदानसमेत दिइसकेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...