तालमेललाई चुनौती दिदै मेयरदेखि वडासम्म बागी,एमालेलाई हुने भयो चाँदी कटाई



हाम्रो इकोनोमि

धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपनि नेपाली कांग्रेसकातर्फबाट मेयरदेखि वडासम्म बागी उम्मेदवार उठेपछि तालमेल धरापमा परेको छ।
कांग्रेसबाट मेयरमा राजुकमार महतोलाई टिकट दिएपछि असन्तुष्ट पक्षले मेयरदेखि वडासम्म बागी उम्मेद्वारी दर्ता गराएका हुन्।

कांग्रेस भित्रकै असन्तुष्ट पक्ष राजाराम महतोले मेयरमा, महेश बस्नेतले उपमेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन्। वागीवालाहरु मेयर र उपमेयरमा मात्रै सिमित छैनन्, वडासम्म वागीको लहरो तानिएको छ।

वागी पक्षले दशमध्ये आठवडामा अध्यक्ष लगायतका पदमा उम्मेद्वारी दर्ता गराएका छन्।

कांग्रेसको पकड क्षेत्र मानिएको मिथिला नगरपालिकामा कांग्रेसभित्रै बागी परेपछि त्यसको फाइदा लिने दाउमा एमाले छ। वागी परेपछि कांग्रेस र माओवादीको तालमेललाई हावा ख्वाउँदै नगरको नेतृत्व हत्याउने उत्साह एमालेमा बढेको छ।

मिथिला नगरपालिकाका सन्तोषकुमार महतोका अनुसार वागी उठेपछि कांग्रेसले जित्ने आश गुमाउँदै गएको धेरै कार्यकर्ता बताउँछन्।

कांग्रेसभित्र टिकट वितरणमा विभेद भएको भन्दै वागी उत्रिएका हुन्। कांग्रेसबाट दुईगुना बढी उम्मेद्वार मैदानमा उत्रिएपछि कार्यकर्ताहरु खुलेर चुनावी प्रचासमा आउन अलमलाएका छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...