उपेन्द्र यादबकी प्रेमिकालाई टिकट नदिएको भन्दै घर भित्रै थुनियो



हाम्रो इकोनोमि

सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् । रेणु फोरम अध्यक्ष उपेन्द्र यादबकी प्रेमिका रहेको बतान्छ।

यादवको घर अगाडि बिहानैदेखि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही समयअघि घरमा ढुंगामुढा समेत गरेका थिए । बिहान कार्यकर्ताले यादवको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् । सडकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् । यो समाचार तयारपार्दासम्म पनि यादव घरभित्रै छिन् ।यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ ।

विरोधको कारण यो थियो

सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिदलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी थिए ।

यस नगरपालिकामा कसलाई मेयर पदको उम्मेदवारको टिकट दिने भनेर पार्टी भित्र लामो समयदेखि विवाद चलिरहेको थियो । केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरुले पनि सकेनन् । पार्टी निकट स्रोतका अनुसार गएराति आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् ।

आफ्नो छोरानले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनी विरुद्ध कार्यकर्ता विरोधमा उत्रिएका हुन् । चित्रंगनलाई दिन नहुने कार्यकर्ताले माग राखेको अवधेशकुमार झाले समाचार लेखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...