देउवाले मन्त्री मण्डललाई भेड़ीगोठ बनाए पछी एमालेको टाउको दुख्यो,कान्तिपथ पुगेर के-के भने सुवास नेम्वाङले
सरकार विस्तारको चर्चा चलिरहेकै बेला प्रमुख विपक्षी नेकपा एमालेले निर्वाचन आचार संहिता लागिसकेको अवस्थामा मन्त्री नियुक्त गर्न नपाइने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । देउवाले राप्रपा प्रजातान्त्रिकका साम्सदलाई मन्त्री बनाऊदैछन।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कान्तिपथ स्थित निर्वाचन आयोग पुगेरै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारीलाई मौखिक ध्यानाकर्षण गराएका हुन् । निर्वाचन आरसंहिता लागेपछि खरदार/सुब्बाको समेत नियुक्ति र सरुवा गर्न नपाइने भएकाले नयाँ मन्त्री नियुक्त गर्न नमिल्ने नेम्वाङले बताए ।
चुनावलाई प्रभावित पार्ने गरी कुनै दललाई सरकारमा सहभागी गराउने, नयाँ मन्त्री नियुक्ति गर्ने कुरा निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले आयोगले रोक्नुपर्ने नेम्वाङले बताए । देउवा सरकारका मन्त्रीले निर्वाचन आचार संहितालाई संकटकाल भन्न थालेका छन्।