दलालले न्यायाधीश लाई भेटे पछीको प्रगती, चुडामणीको मुद्दामाथि भोली निर्णय सुनाइने
सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय सुनाउने(निसु) मिति तोकेको हो ।
बुधबार सरकारी वकिलहरुको बहसपछि चुडामणिको पक्षबाट कानूनी व्यवसायीहरुले जवाफी बहस गरेका थिए । चुडामणिको बन्दी प्रत्यक्षीकरण मुद्दा दुई सदस्यीय संयुक्त इजलासबाट ५ सदस्यीय पूर्ण इजलासमा पुगेको हो । जसमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशी सहित दिपकुमार कार्की, केदार चालिसे, शारदाप्रसाद घिमिरे, अनिल सिन्हा सदस्य रहेको इजलास गठन भएको छ । चुडा मणी लाइ मिलाएर निकाल्न दलाल नारायण दाहालले न्यायाधिश भेट्दै हिड्न थालेका छन। दाहालले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाइ भेटेर कुरा मिलाई सकेका छन ।