केसीको जीवन रक्षा गर्न आग्रह



हाम्रो इकोनोमि

राष्ट्रिय मानवअधिकार आयोगले ११ औँ पटक आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज विज्ञप्ति प्रकाशन गरी स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बस्नुभएका प्रा डा केसीको जीवन रक्षाका लागि आवश्यक पहल गर्न माग उहाँसँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि तत्कालै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रा डा केसी यही साउन ९ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनशन बस्नुभएको छ । लगातारको अनशनले उहाँको स्वास्थ्य बिग्रँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...