प्रचण्डलाई चुनाब हराएका राजन केसी मानब तस्करीमा,मन्त्री बनेको एक महिना नपुग्दै मच्चाए यस्तो उपद्रो



हाम्रो इकोनोमि

काठमाडौँ -१० बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हराएका कांग्रेसी राजन केसी खेलकुद मन्त्री त भए तर मन्त्री भएको महिना दिनमै उनी मानव तस्करीको जालोमा फसेका छन् । लोभी पापी बाट घेरिएका उनी बदनाम बनेका छन्।

साउन २५ गते रुस जान लागेका १४ जना खेलाडीलाई अनुमति दिने यिनै मन्त्री थिए । यिनको आदेशमा रुससम्मलाई प्रतिव्यक्ति ३ लाख र रुस पुगेपछि प्रतिव्यक्ति ३० लाख लिएर युरोपियन मुलुक पठाइदिने मानव तस्करको जालोमा फसेपछि मन्त्रीले अनुमति दिएका थिए ।

तर खेलकुद परिषदको पत्र नक्कली ठहर भएपछि अध्यागमन कार्यालयले यिनलाई उड्ने अनुमति दिएन । जसका कारण मन्त्री पनि मानव तस्करीमा फसेको पोल खुलेको छ ।यो खेलाडीको भेषमा मानव तस्करी गर्ने को को हुन्, त्यो मिलोमतोवालाहरुको मुखुण्डो नउतार्ने हो भने मन्त्री अप्ठेरोमा परेका छन् ।

उनले आफ्ना गुरु नेता रामचन्द्र पौडेललाई यसबारेमा कुरा गरिरहेका छन्, रामचन्द्रले यिनलाई बचाउँछन् कि राम राम गर्छन्, त्यो भने कांग्रेसभित्र हल्लीखल्लीको विषय बनेको छ । साथै प्रकाश मान सिंह संग पनि हारगुहार गर्न मन्त्री केसी पुगेका छन्। उनले आधा दर्जन युवती लाई अमेरिका पठाईदिने नाममा संगै राखेको पोल समेत खुलेको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...