राणा सनाखतका लागि आयोग गएनन्,अब के हुन्छ राप्रपा प्रजातान्त्रिकको हैसियत



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) दल दर्ता सनाखतका लागि निर्वाचन आयोग नजाने भएको छ। दर्ता सनाखनमा आयोग जानुअघि सर्वोच्चमा दल दर्ता आदेश माग गर्दै रिट दर्ता गरेको पार्टी सर्वोच्चको अादेश कुर्दै सनाखतका लागि नजाने भएको हो।

राप्रपा प्रजातान्त्रिकलाई सनाखतका लागि अायोगले दिएको समयसीमा अाज सकिँदैछ।
राप्रपा प्रजातान्त्रिकका नेता तथा सांसद् सुनीलबहादुर थापाले सर्वोच्चको आदेश नआउँदासम्म सनाखतका लागि आयोग नजाने बताए। आयोगले राणाको दललाई खनाखतका लागि खनाखतका लागि आइतबारसम्मको समय दिएको थियो। आइतबार ११ बजेदेखि ५ बजेसम्म सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको थियो।

सनाखत छाडेर अदालत
निर्वाचन आयोगले सनाखतका लागि समय तोके पनि राप्रपा प्रजातान्त्रिक भने दल दर्ता आदेशको माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेको छ। गत शुक्रबार प्रस्तावित पार्टीका तर्फबाट राणाले सर्वोच्चमा रिट दर्ता गरेका छन्।

रिटमा साउन २२ गते निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर अनुसार दल दर्ताको आदेशको माग गरिएको छ। साउन २२ मा ७३ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो। तर, आठजना केन्द्रीय सदस्य नभएकाको पनि हस्ताक्षर र नाम सामेल थियो। यस्तै हस्ताक्षर भएका ५ जनालाई कारबाही गरेको जानकारी राप्रपाले निर्वाचन आयोगलाई दिएको थियो।
राणाले सर्वोच्चमा दायर गरेको रिट आज पेसीमा राखिएको छ। न्यायाधीश तेजबहादुर केसीको इजलासमा मुद्दाको पेसी तोकिएको छ। दैनिक पेसीसूचीको अन्तिम नम्बरमा रिटको पेसी तोकिएको छ।
अदालतले माग अनुसार अन्तरिम आदेश जारी गरेमा राप्रपा (प्रजातान्त्रिक) दलको बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...