गर्भवतीसहित ४३को मृत्यु,राजपा नेपालका नेता को-को कहाँ के-के गर्दैछन्



हाम्रो इकोनोमि

अविरल वर्षाका कारण आएको बाढीले तराई जलमग्न छ। शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा ४३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । अझ कति बेपत्ता छन त्यसको हिसाब किताब छैन। मधेशका झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जलमग्न छन् । धनुषा महोत्तरीको पनि उही हालत छ । मधेशका मसिहा ठान्नेहरु भने राजधानीमा उपर खुट्टी लगाएर सुस्ताई रहेका छन् । उनीहरुलाई मधेश डुब्दा कुनै चिन्ता छैन ।लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।

प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।

मधेशलाई आफ्नो पेवा ठान्ने राजपा नेपालका नेताको तरिका हेर्दा उनीहरुले मधेश लाई कति माया गर्छन भन्ने छर्लंग हुन्छ। बाढीले आक्रान्त बनेको सर्लाहीका राजपा नेपालका अध्यक्षहरु महन्थ ठाकुर,राजेन्द्र महतो र महेन्द्र यादबलाई कुनै चासो र चिन्ता छैन। सर्लाहीमा बाढीले उखपात मच्चाउदा ठाकुर भक्तपुरमा महतो सिनामंगलमा र यादब टिकाथालीमा झोक्राएर बसेका छन।रौतहटका अर्का अध्यक्ष अनिल झा रानीबारीमा रमाइलो गरिरहेका छन भने महोत्तरीका सरद सिङ्ग भण्डारी भैसेपाटीमा निर्जला राउत संग मस्त गफिरहेका छन।

सप्तरी घर भएका राजकिशोर यादब गौरीघाटमा कान्छी साम्सद सरिता संग अंगालोमा बेरिएका छन्। मधेशका मसिहा ठान्ने नेता हरुलाई मधेश डुब्दाको चिन्ता अलिकति पनि छैन। बरु भारतीय दुताबासले आयोजना गरेको रात्रीभोजमा पिएको दारुको ह्याङ्गले गर्दा सिरक ओडेर आनन्द लिइरहेका छन्। राजपा नेपालका महासचिब मनिष सुमन र केशब झा सप्तरीका हुन् यी दुइ भाइ लाई पनि जन्मभुमी डुब्दा दुखेको छैन। मधेश देखाएर तर्साउने बानी परेका हरु त्यहि मधेशलाई दुख्दा भने काठमाडौँमा मोज गरेका बसेका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...