राजपाका अध्यक्षले भने- प्रचण्ड धोकेबाज प्रेमी,देउवा त कता हो कता उत्पात राम्रो



हाम्रो इकोनोमि

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरुको माँग पूरा गराउनको लागि गम्भिर भएको बताएका छन् ।साथै उनले यसअघिका प्रचण्डभन्दा पनि हालका प्रधानमन्त्री देउवा मधेशको मुद्दा सम्बोधन गर्न सकारात्मक रहेको जिकिर गरे । प्रचण्डले मधेश संग लभ परेको नाटक गरेर प्रेमिका लाइ धोका दिएझै आफुहरुलाई धोका दिएको समेत बताए।

 

शुक्रबार एक रेडियो सँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,“प्रधानमन्त्री देउवाजी हाम्रो माँग पूरा गराउन सकारात्मक हुनुुहन्छ, अब संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेर अघि बढ्दा पनि हामीलाई आपत्ति छैन, प्रस्ताव फेल वा पास जे भएपनि हामी निर्वाचनमा जान्छौं ।” तर संसद बाटै त्यसको छिनो फानो गर्नु पर्ने उनको भनाइ थियो।

त्यस्तै उनले प्रधानमन्त्री देउवाले आफूहरुले उठाएका राजनीतिक माँगहरु जस्तो झुठा मुद्दा फिर्ता, बन्दी रिहाई, सहिद घोषणा र घाईतेहरुलाई क्षतिपूर्ति तथा राहत जस्ता माँगहरु पनि क्याबिनेबाट छिट्टै टुँगो लगाउने तययारी गरिरहेको जनाए । देउवा सरकारले राजपालाई एकमुस्ट दशौ करोड दिने तयारी थाले पछि राजपाका नेताले देउवाको गुण गान गाउन थालेका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...