मैनालीलाइ सनासो लगाउदै,निर्वाचन आयोगकी ईलाले किन देखाइन यस्तो लीला



हाम्रो इकोनोमि

निर्वाचान आयोगमा एक जना यस्ती धुरन्धर पात्र छिन जसलाई झ्वाक मात्र चले सबैलाई गलाईदिन्छिन। नामै इला भएकी आयुक्तको लिलामा परेर धेरैको उठीबास भएको छ। अहिलेका प्रमुख आयुक्त अयोधी प्रसाद यादब पनि इलाले भने अनुरुप मात्र काम गर्छन।इला छाया प्रमुख आयुक्त भएको चर्चा चल्ने गरेको धेरै भयो निर्वाचन आयोग परिसरमा।पछिल्लो पटक पनि उनै इलाले त्यहिका सचिवको हुर्मत लिने प्रयास गरेकी छिन।

श्रीमान् संग पारपाचुके गरेकी उनले बाहिरी मित्रको सुझाबमा निर्वाचन आयोगका लागि केहि थान गाडी किन्न खोजिन जसमा तगारो बनिदिए सचिब गोपीनाथ मैनाली। हुन् पनि निर्वाचन आयोगलाई गाडी नचाहिएको त्यहिका कर्मचारी बताउछन्।तर इलाका गाडी डिलर वाला मित्रका लागि भए पनि निर्वाचन आयोगले गाडी खरिद गर्ने पर्ने भाध्यताले उनलाई पिरोले पछि सचिब मैनालीलाइ दबाब दिइन तर सचिबले राज्यको पैसा बिनाकाम खर्च गर्न नहुने अडान लिए। हो त्यहि बाट हो इलाले मैनाली विरुद्ध लिला देखाउन थालेको।चुनाबको मुखैमा उनले मैनालीको सरुवा गराउन सफल पनि भइन। मैनाली बिरुद्वको आक्रोश त्यतिमा मात्र सिमित भने भएन। राज्यलाई आर्थिक व्यभार थपिने निर्णय मैनालीले रोकेका कारण आयुक्त इला शर्माले काम गर्न अप्ठ्यारो भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको र सोहि अनुरुप सरुवा भएको हो ।

सचिव गोपीनाथ मैनालीलाइ बदनाम गराउन उनले चिठि लेख्न लगाईन । असार १४ को निर्वाचनको मुखैमा आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका मैनालीलाई आयोगले गाडी, आइफोन फिर्ता गर्न भन्दै लेखेको पत्र बदनाम गर्ने उद्धेश्यले लेखिएको मैनालीले बताए । ‘मलाई बदनाम गर्न अरु कुनै इस्यु नभेटेपछि गाडी फिर्ताको कुरा निकालेर बदनाम गर्न खोजियो। ’
सचिव मैनाली अष्ट्रेलियामा भएको बेला आयोगले आइतबार २४ घण्टा भित्र गाडी फिर्ता गर्न पत्र लेखेको थियो । ‘म आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि अर्को व्यवस्था नभएरसम्म गाडी, आइफोन र कम्यूटर प्रयोग गर्ने सहमति अनुसार नै प्रयोग गरेको थिएँ,’ उनले भने, ‘फिर्ता नै नगर्ने जसरी पत्र लेखेपछि मैले गाडी आइतबार नै फिर्ता गरेँ । आइफोन र कम्यूटर सोमबार फिर्ता गरेँ ।’ इलाको चाहनामा मैनालीलाई बदनाम गराईएको आयोगमा कार्यरत एक उपसचिवले बताए।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...