प्रचण्डले दिए बाबुराम,गगन र योगेशलाइ उर्जाको दियो,सबै पार्टीका नेता समेटेर प्रचण्ड फेरि बन्दैछन राजनीतिक मियो



हाम्रो इकोनोमि

अघिल्लो संबिधान सभाको चुनाबकै पेरिफेरी बाट राजनीतिको केन्द्र रहेर आफै वरीपरी सबैलाई खेलाउदै आएका प्रचण्ड फेरि अर्को तुरुप फ्याकेर हिरो बन्ने दाउमा होमिएका छन। प्रचण्डको चर्को बिरोध गर्ने ले अब उनि सकिए भने पनि प्रचण्ड थप शक्तिशाली हुने देखिन थालेको छ।

पहिलो संविधान सभाको निर्वाचनपछि भएका दुई निर्वाचनमा पराजय भोगेको नेकपा माओवादी केन्द्र फेरी एकपटक राजनीतिक एजेण्डामा अगाडी देखिएको हो । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव उठाएर माओवादी केन्द्रले राजनीतिक फड्को मारेको र त्यसलाई अन्य पार्टीका जल्दा बल्दा नेताको समर्थन रहेको राजनीतिक विश्लेषकको ठम्याई छ ।

माओवादी केन्द्रले ल्याएको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा एमाले र नेपाली कांग्रेसका युवा नेताहरु पनि छन् । एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराई लामो समयदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा बहस गर्दै आएका छन् । त्यसैगरी नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा छन् । उनले नेपाली कांग्रेसभित्र यो बहस चलाउन पनि खोजिरहेका छन् ।एमालेले २०७० सालको निर्वाचनमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा उठाएको थियो । उता माओबादी छोडेर नया शक्तीमा गएका बाबुराम भट्टराई पनि प्रत्यक्ष राष्ट्रपतिकै पक्षपति हुन्।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...