मलाई लाज लाग्यो,तपाइलाई शरम लाग्दैन भनेर प्रचण्डले सातो लिए पछी देउवाले आज क्याबिनेट विस्तार गर्दै



हाम्रो इकोनोमि

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रीपरिषद विस्तार हुने बताएका छन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले क्याबिनेट विस्तार गर्ने भाखा सारेको सारेकै गरे पछी पार्टी भित्र घेरा बन्दीमा परेका प्रचण्डले हिजो बेलुका देउवालाइ थर्काए पछि देउवाले आज क्याबिनेट विस्तार गर्ने भएका छन।

अध्यक्ष दाहालले अझै मन्त्रीपरिषद विस्तार हुन नसकेकोमा आफूलाई लाज लागेको प्रतिक्रिया पनि दिए।
आईतबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषद विस्तारका लागि आफूले पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको पनि बताए।

अध्यक्ष दाहालले मन्त्रीपरिषद विस्तारकै विषयमा आईतबार बिहान पनि प्रधानमन्त्री देउवासँग आफूले भेट गरेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले पार्टीभित्रको विवाद मिलाउन नसक्दा गत ४ गते पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेको जानकारी दिए।
अध्यक्ष दाहालले आफनो पार्टीको तर्फबाट मन्त्री हुनेहरुको लिष्ट भने तयार भएको पनि स्पष्ट पारे।
सरकार गठन भएको डेढ महिना बढि भईसक्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको आलोचना हुँदै अएको छ।

यसअघि दुई दलबीच मन्त्रालयको संख्या र मन्त्रालयको भागवण्डामा कुरा मिल्न सकेको थिएन। साउन चार गते दुई दलबीच भएको सहमति अनुसार कांग्रेसलाई १३ र माओवादी केन्द्रलाई ९ वटा मन्त्रालय दिने दुर्इं दलबीच समझदारी छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...