एकाबिहानै देउवा र ओलीलाई प्रचण्डले दिए धक्का,एमालेलाइ भन्दा कांग्रेसलाइ भयो घाटा



हाम्रो इकोनोमि

गत संबिधान सभाको चुनाबमा र स्थानीय चुनाबमा कांग्रेसले एकलौटी जितेको ललितपुर बाट त्यहाका प्रभाबशाली कांग्रेसी नेताले पार्टी परित्याग गरी माओबादीमा प्रवेश गरेका छन। कांग्रेसको महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसीलाई दाहालले पार्टीमा भित्र्याएका हुन् ।

वुधबार बिहान ललितपुरको थासीखेलमा भएको कार्यक्रममा केसीसहित ३० बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कांग्रेसकै रामप्रसाद बजगाई, रमेश दाहाल, गुप्त बहादुर बराम, तीर्थराम महर्जन, नकुल महर्जन, रामबहादुर विक, गोविन्द प्रसाद दाहाल, श्याम तामाङ, सुजाता केसी, कुबेर बस्नेत, राजन केसी, भीमसेन सत्याल, रमेश घिमिरे, रबिन्स घिमिरे केसी, बालकृष्ण तिमिल्सिना, विजय बाँस्कोटा, दमन केसी, चन्द्र घले, गौबिर थापा, लालध्वज खतिवडा, टंकमणि सत्याल, रमेश शाही, गुरुकूल महर्जन, शान्तिदेवी बज्राचार्य, शिबकुमारी खकुरेल, दिपाकुमारी पौडेल, भगवती बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांग्रेसका मात्र नभई एमालेबाट कृष्णप्रसाद घिमिरे, केशवप्रसाद तिमिल्सिना, सुरेश घिमिरे, केपी न्यौपाने, हरिहर पाठक, सानुकाजी महर्जन, रुपेश धिमाल, कर्मा शेर्पा माओवादी केन्द्रमा आएका छन् । अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरुमा विनोद तिमिल्सिना, आशिषराज बस्नेत, भीमप्रसाद घिमिरे, अशोक महर्जन, ज्ञानकुमार महर्जन, श्यामकाजी महर्जन, सुरेश महर्जन, लवदेव अवस्थी, फडिन्द्र पाण्डे, छोटु लामा, जुनादेवी पराजुली लगायत रहेका छन् ।
माओवादी केन्द्र प्रवेश गर्ने नवआगन्तुक नेता–कार्यकर्तालाई पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी प्रवक्ता पम्फा भुसालले खादा र टिका लगाएर पार्टी प्रवेश गराए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...