तीन दलको निशानामा दुई नम्बर प्रदेश,कुन कुन नेता कहिले झर्ने भए मधेश?



हाम्रो इकोनोमि

यही असारभित्रै संविधान संशोधन प्रस्ताव पारित गराउने अठोट गरेका सत्तारुढ दलले तत्काललाई चुनावमा केन्द्रित हुने जनाईसकेका छन् । अब लगभग संविधान संशोधनको सभांवना टरेको छ । असोज २ गते हुने स्थानीय तहको २ नम्बर प्रदेशको निर्वाचनमा केन्द्रित हुने प्रमुख दलहरुको तयारी रहेको छ ।

संबिधान संसोधनलाई थाती राख्दै तीन ठुला दलले असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तहको चुनाबलाई प्राथमिकता दिन थालेका छन्। सत्तारुढ नेपाली कांग्रेसले साउन ५ गते दुई नम्बरको प्रदेश भेला बोलाएको छ भने ९ गते जनकपुरधाममा केन्द्रीय नेताको उपस्थितिमा व्यापक कार्यक्रम गर्दैछ । काठमाडौंमा हुने प्रदेश भेलामा दुई नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ । उक्त भेलाले जसरि हुन्छ २ नम्बर प्रदेशमा बलियो उपस्थिती जनाउने निर्णय गर्ने र सोही बमोजिम आठै जिल्लामा नेता परिचालन गर्ने निर्णय हुने बाताइएको छ।

 

यता नेकपा एमालेले भने विहीबार मधेशमा कसरी एमालेको छवि राम्रो बनाउने र तेस्रो चरणको निर्वाचनमा कसरी सहभागी हुने विषयमा अन्तरक्रिया गरेको छ । मधेशका बुद्धिजिवीहरुसँग केपी ओलीले अन्तरक्रिया कार्यक्रम गरिसकेका छन। एमालेले २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डल सहितका नेतालाई तराई पठाई सकेको छ। ओलीनै दुई नम्बर प्रदेशमा विभिन्न कार्यक्रम लिएर जान लागेका छन।एमालेले त्यहाँ आफ्नो उपस्थिती दरिलो बनाउने रणनिती अख्तियार गरेको छ।

त्यस्तै, सत्तारुढ अर्को घटक माओवादी केन्द्रले पनि साउनको पहिलो साता दुई नम्बर प्रदेश केन्द्रति प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । दुई नम्बर प्रदेश मै प्रशिक्षण कार्यक्रमको तयारी भइरहेको छ । माओबादीका २ नम्बर प्रदेश स्तरिय नेताहरु लागिसकेका छन।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...