नवलपुर ३ स्थानमा सवारी दुर्घटना, १ को मृत्यु, ३ जना गम्भीर



हाम्रो इकोनोमि

 

नवलपुरको गैंडाकोटमा गएराति भएको छुट्टा–छुट्टै ३ सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोटको खत्रिफिडनजिकै दुई अटो एक आपसमा ठक्कर खाँदा लमजुङ घर भएकी लुरी सार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा गएराति १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, गैंडाकोटले जनाएको छ ।

 

त्यसैगरी, गैंडाकोटकै सडक दस्तुर लिने ढाटनजिकै एच आर ३८ यु ९७८१ नम्बरको भारतीय कन्टेनरले ना ३ च ८४१५ नम्बरको बोलेरो जिपलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने अन्य ३ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यता कावासोती नगरपालिका–१५, बरौली टोलस्थित भित्री सडक खण्डमा लु ४० प २३३३ को मोटरसाइल र विपरीत दिशाबाट आइरहेको ना २३ प ७८७१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना गम्भीर घाइते भएका छन् ।

 

घाइते हुनेहरुमा कावासोती १२ का राजु गुरौ, कावासोती–१४ का समिल थापा मगर र सोही स्थानका वीरेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...