बल्ल बढ्यो सेयर बजार, ४८ करोड २९ लाखको कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक ९.७८ अंकले बढेर १५५१.०६ अंकमा उक्लिएको छ।

दिनभरीमा १३८ कम्पनीका १० लाख ७९ हजार कित्ता शेयर किनबेच भएर रू.४८ करोड २९ लाख बराबरको कारोबार भएको हो । यस समयमा कारोबारमा आएका होटल समूह र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से बढ्नमा टेवा पुगेको हो ।

सो दिन जलविद्युत कम्पनीको परिसूचक १ दशमलव शून्य ७ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ७४, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ७२, बीमा कम्पनीको शून्य दशमलव ६२, वित्त कम्पनीको शून्य दशमलव २८ र अन्य समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत बढेको छ । त्यसैगरि, होटल समूहको शून्य दशमलव २८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १४ प्रतिशतले परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...