प्रचण्डको उजुरी पछि निर्वाचन आयोगले ओलीलाइ पत्र काट्यो



हाम्रो इकोनोमि

काठमाडौं । निर्वाचनको मौन अबधीमा पत्रकार सम्मेलन  गरेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन आयोगले पत्र काटेको छ।  आचारसंहिता विपरित कार्य गरेको भन्दै पत्र पठाएको आयोगले जनाएको हो।
माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा माओबादीले निर्वाचन आयोगमा उजुरी गरेपछि आयोगले ओलीलाई पत्र पठाएको हो।
‘उजुरीका आधारमा पूर्वप्रधानमन्त्रीज्यूलाई पत्र काटेका छौ, आयोजना गर्ने प्रेस चौतारीसँग स्पष्टीकरण मागेका छौ’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ।

निर्वाचनको मौन समय सुरु भएका बेला पत्रकार सम्मेलन गरिएको थियो । ‘मौन समयमा किन र के कारणले पत्रकार सम्मेलन गरिएको हो’ भन्दै आयोगले पत्र पठाएको छ । पत्रको ब्यहोरा स्पष्टीकरण जस्तो भएपनि आयोगले भने पत्रमात्र काटेको जनाएको छ ।सोमबार प्रेस चौतारीको आयोजनामा पत्रकार सम्मेलन गरिएको थियो,जहाँ ओली मुख्य बक्ता थिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...