निर्बिरोध निर्बाचित हुनेको संख्या बढ्दै,हेर्नुहोस को कसरी निर्बिरोध भए



हाम्रो इकोनोमि

काठमाडौँ / सम्बन्धित पदमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि निर्विरोध निर्वाचित हुनेको संख्या ३८ पुगेको छ,जसमा १ वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एकभन्दा बढीको उम्मेदवारी नै नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले प्रारम्भिक भन्दै सार्वजनिक गरेले तथ्यांक भएकाले निर्विरोध संख्या थप हुन सक्ने जनाएको छ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको छ।’ सचिव मैनालीले बझाङ जिल्लाको काँडा गाउपालिका वडा नम्बर ५ मा धनन्जय बोहोरा निर्विरोध निर्वाचित भएको जानकारी दिए। उनले बोहरा कुन पार्टीकोतर्फबाट निर्वाचित भएको भन्नेबार भने खुलाएनन्।

‘बाँकी निर्विरोध निर्वाचित भएका ३७ सदस्य मध्ये २४ जना दलित महिला सदस्य हुनुहुन्छ,’ सचिव मैनालीले भने।
तीनवटै प्रदेशका विभिन्न १५ जिल्लाबाट निर्विरोध निर्वाचित हुनेहरु मध्ये नेपाली काँग्रेसकातर्फबाट १४, नेकपा एमालेकातर्फबाट १४ र नेकपा माओवादी केन्द्रकातर्फबाट १० जना छन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...