मन्त्री सचिब खोज्दै रुने,सचिब चै युवती देख्दा हुरुक्कै हुने !



हाम्रो इकोनोमि

काठमाडौँ । शेरबहादुर देउवाको सरकारले मन्त्रीपरिषद विस्तार गरेपछि सचिवहरुको सरुवा तयारी गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मन्त्रीमण्डल विस्तार हुनेछ । सरकारले पूर्णता पाएपछि सचिवहरुको फेरबदल गर्ने तयारीमा सरकार छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू अनुकूलको अर्थ सचिवको खोजी गरिरहेको थाहा भएको छ । केही व्यक्तिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर अधिकारीलाई अर्थमा ल्याउन खोजिरहेको बुझिएको छ । यद्यपि अर्थमा सुदुरपश्चिमाञ्चल क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले पनि आउने जोडबल लगाइरहेका छन् । अर्थसचिव शान्तराज सुवेदी मुख्यसचिव बढुवा भएमा अर्थसचिव स्वतः रिक्त हुनेछ । नभए सुवेदीलाई अन्यत्र सरुवा गरी आफू अनुकूललाई भित्र्याउने तयारीमा मन्त्री कार्की रहेको बताईन्छ । आफु अनुकुलका सचिब नपाउदा धेरै मन्त्री तनाबमा छन्, स्वार्थ मिल्दा सम्म सहयोग गर्ने र पछाडी खेदो खन्ने आचरणका सचिब भएका कारण मन्त्रीहरु समस्यामा परेका हुन् ।

गृह मन्त्रालयको सचिवमा सामान्य प्रशासन मन्त्रालयका मोहनकृष्ण सापकोटा र राष्ट्रिय योजना आयोगका विष्णुप्रसाद लम्सालको नाम माओवादी नेताहरुले लिने गरेको बुझिएको छ । गृहको सचिव हुन एकपटक पनि प्रमुख जिल्ला अधिकारी नभएका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले समेत चलखेल सुरु गरेका छन् । यद्यपि संचार मन्त्रालयको सचिव हुँदा एनसेलको लाभाकर प्रकरणमा टेलियासोनेरालाई भगाएको र महानगरपालिकाको कार्यकारी अधिकृत हुँदा बक्यौता भुक्तानीमा उनी मुछिएका थिए । संचारमा हुँदा पत्रकार संघ संगठनलाई दिने अनुदान बार्षिक करोडौको डकुमेन्ट्री धन्दा गर्ने चितवनकी सुन्दरी चन्दा घिमिरेको चन्दा प्रोडक्सनलाई समेत दिएको आरोप उनीमाथि छ । सामान्य चिनजानका युवतीले काम लिएर गए तुरुन्त गरिहाल्नु थपलियाको बिशेसता नै हो। थपलियाका साथी धेरैजसो युवती नै छन्,तिनै मध्येकी एउटीले एन्सेल संग डिलिंग गरेकी थिइन्। गीतकारको परिचय समेत बनेका थपलिया रंगीला सचिवका रुपमा चिनिन्छन । पर्यटन मन्त्रालयमा हुँदा तत्कालीन मन्त्री आनन्द पोखरेलसँग उनको विवाद नै भएपछि उनी संचारमा सरुवा भएका थिए । समाचारमा अंकुश लगाउने खालको अनलाईन निर्देशिका बनाएर उनले तत्कालीन मन्त्री शेरधन राईलाई समेत विवादमा तानेका थिए । अघिल्लो पटक प्रधानमन्त्री देउवाको निजी सचिवका रुपमा काम गरेका क्षेत्रीय प्रशासन कार्यालय हेटौडाका प्रशासक शम्भु कोइरालाले यो पटक राम्रो मन्त्रालय पाउने कर्मचारी बृत्तमा चर्चा छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका सचिव पूर्णचन्द्र भट्टराईले २०४७ असार २ गते अनिवार्य अवकाश पाएका छन् । भट्टराईको अवकाशपछि अख्तियार पनि सचिव रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...