डुब्यो भिबोर सोसाईटी विकास बैंक



हाम्रो इकोनोमि

काठमाडौँ । ६ वर्षअघि बिरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार शुरु भएको थियो ।

उक्त बैंकले २०६९ मंसिर महिना भन्दा अगाडी सर्बसाधारणहरुले जम्मा गर्दै आएको रकम करिब १ अर्व पाँच करोड रुपैया हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो । आफूले जम्मा गरेको रकम झिक्न जाँदा नपाएपछि मात्र निक्षेपकर्ताले एच एण्ड बी बैंकले पैसा खाएको कुरा एकाएक बाहिर आएको थियो ।

एच एण्ड बी बैंक कुलेश्वर शाखा प्रमुख निरज नेपाल उक्त घोटाला काण्डको सजायस्वरुप अहिले नख्खु जेलमा छन् । उक्त घोटाला काण्डमा कुलेश्वर शाखा प्रमुख निरज नेपालको मात्र संलग्नता नरही तत्कालीन सञ्चालक समिति पनि यस घोटाला काण्डमा संलग्न नरहेको अवस्था नहोला भन्ने दर्बिलो आधार भेटिएन । उक्त घटनाक्रमको विषयलाई लिएर तत्कालीन सिओ जशोदा सैजुँ र डाईरेक्टरमध्येका एक पुष्पज्योति ढुंगाना करिव ४०–४५ दिन प्रहरी वृत्त सिंहदरबा को कस्टडीमा थुनामा रहेको थियो । उक्त काण्डपछि राष्ट्र बैंकले संचालक समितिलाई कारवाही गरी नयाँ समिति बनाएको थियो । त्यसपछि बैंकले आफ्नो नाम परिवर्तन गरी सोसाईटी विकास बैंकको नामबाट कारोबार शुरु ग¥यो । हाल उक्त सोसाईटी विकास बैंक र भिबोर विकास बैंक मर्ज भई भिबोर सोसाईटी विकास बैंकको नाममा कारोबार गरिरहेको छ ।

संघसंस्था र व्यक्तिहरुको रकममध्ये ६० प्रतिशत भुक्तानी गरेको छ भने बाँकी ४० प्रतिशत दिन नमानेपछि पिडितहरु आन्दोलनमा उत्रिनुपरेको हो । आन्दोलनको क्रममा पत्रकार सम्मेलन, बैंक घेराऊ र नारावाजी गर्दै आईरहेका छन् ।
पिडितहरुको बाँकी रकम भुक्तानी नहुन्जेलसम्म आन्दोलन जारी रहने र थप कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु जारी गर्ने पिडित संघका संयोजक ज्ञानेन्द्र केसीले बताए । पुनरावेदन अदालत पाटनले पिडितहरुको बाँकी रकममा १० प्रतिशत ब्याँज समेत थप गरी भुक्तानी गर्न आदेश जारी गरिसकेको अवस्थामा पनि बैंकले भुक्तानी गर्न आनाकानी गरेको पिडितहरु बताउँछन् ।

राष्ट्र बैंकले पनि निक्षेपकर्ताको बैंकले भुक्तानी गर्नुपर्ने रकममा १० प्रतिशत ब्याँज सहित भुक्तानी गर्नु भनी पटक पटक निर्देशन दिदै आएको छ । उक्त आदेशको पनि पालना नगरी बैंकले कानुनलाई हातमा लिने काम गरेको छ । त्यही कारण अहिले पिडितमाथि झन पिडा थपेको छ । संयोजक केसीका अनुसार बैंकले आफूहरुको रकम भुक्तानी नगरे राष्ट्र बैंकले उक्त बैंकको सञ्चालक समितिलाई कारबाही गरी बैंकलाई आफ्नो नियन्त्रणमा लिने समेत दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...