काठमाडौं महानगरविरूद्ध न्युरोडका व्यवसायीको आन्दोलन



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले बुधबार पनि आन्दोलन गरेका छन् ।मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए । आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी ‘नो पार्किङ’ गरेको भन्दै व्यवसायीले सटर बन्द गरेर आन्दोलन गरे पनि महानगर प्रहरीले सडकमा रोकेका सवारीसाधन उठाएको थियो । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ । महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन ।

महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ । महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पार्किङ खोल्ने भन्दै बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ । महानगरले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...