आफ्नै घरबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या



हाम्रो इकोनोमि

 

 

धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११:२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो ।

 

 

कैलालीका प्रहरी प्रवक्ता डीएसपी कुलदीप चन्दले उपचारको क्रममा अग्रवालको मृत्यु भएको बताए । अग्रवालले हाम फालिरहेको दृश्य समेत स्थानीय बासिन्दाले खिच्न भ्याएका थिए । छतको रेलिङबाट केही तल झरेर आत्महत्या गर्न लाग्दा उनलाई तलबाट त्यसो नगर्न आग्रह गरेका थिए । शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...