चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् ।एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई नै निरन्तरता दिएर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव संकलन गरिएको थियो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...