संसद विघटन गलत थिएन : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि दुई वर्षभित्र सुकुम्बासी, भूमिहीन समस्या समाधान गर्ने बताए । उनले भने, ‘हाम्रो सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानून निर्माण र शक्तिशाली आयोग गठन गरी काम सुरु गरेको थियो । तर, जालझेल गरेर हामीलाई हटाइयो ।’

एमाले नेतृत्वको सरकार बने अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन, सुकुम्बासी देख्नु नपर्ने महासचिव पोखरेलले जिकिर गरे ।

उनले गठबन्धनमा रहेका दलहरुले एमालेविरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएकोप्रति असन्तुष्टि पोखे । ‘२०७४ को निर्वाचनमा भोट माग्दा कांग्रेसविरुद्ध वामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए । यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो’, उनले भने । नेता पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...