संसद विघटन गलत थिएन : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि दुई वर्षभित्र सुकुम्बासी, भूमिहीन समस्या समाधान गर्ने बताए । उनले भने, ‘हाम्रो सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानून निर्माण र शक्तिशाली आयोग गठन गरी काम सुरु गरेको थियो । तर, जालझेल गरेर हामीलाई हटाइयो ।’

एमाले नेतृत्वको सरकार बने अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन, सुकुम्बासी देख्नु नपर्ने महासचिव पोखरेलले जिकिर गरे ।

उनले गठबन्धनमा रहेका दलहरुले एमालेविरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएकोप्रति असन्तुष्टि पोखे । ‘२०७४ को निर्वाचनमा भोट माग्दा कांग्रेसविरुद्ध वामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए । यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो’, उनले भने । नेता पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...