सडक विस्तारले स्थानीयको जीवनस्तरमा परिवर्तन आयो : उपाध्यक्ष पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सडकको विस्तारसंगै राप्ती नगरपालिकाका पहाडी वडाका स्थानीयको जीवनस्तरमा परिवर्तन आएको बताएका छन् । राप्ती १० र ११ मा आगामी निर्वाचनका लागि वडा सम्पर्क कार्यालयको उद्घाटन गर्दै चितवन क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका नेता पाण्डेले सडक संजालकै कारण यहाँका स्थानीयको दैनिकीमा परिवर्तन आएको बताएका हुन् । पहाडका प्राय सवै ठाउँमा बाटो पुगिसकेको भन्दै उनले त्यस्ता बाटोलाई पिच तथा उच्चस्तरको वनाउनु पर्ने बताए । आफु अर्थमन्त्री हुँदा भण्डारा हुग्दी चेपाङ मार्गको सुरुवात गरेको भन्दै एमाले उपाध्यक्ष पाण्डेले क्रमिक रुपमा सडक निर्माणको काम भईररहेको बताए । भण्डारादेखी किरनटार सम्म पिच भईसकेको र वाँकी क्षेत्रको काम क्रमागत रुपमा भईरहेको पनि उनको भनाई थियो । प्रत्येक वर्ष नेपाल सरकारले वजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै नेता पाण्डेले ठेकेदार पक्षका कारण काममा ढिलाई भईरहेको बताए ।

नेकपा एमालेबाट प्रदेश सभा सदस्यका उम्मेदावर जगन्नाथ थपलियाले आफु जिल्ला विकास समितिको उपसभापति रहँदा यस क्षेत्रका प्राय ठाउँमा ट्रयाक खोल्ने काम गरेको स्मरण गर्दै वाँकी काम पुरा गराउन एमालेलाई जिताउनु पर्ने धारणा राखे । नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य एवंम पूर्व मन्त्री दावा लामाले अन्यायका विरुद्ध,भ्रष्टचारको विरुद्धमा लड्न सक्ने पार्टी एमाले मात्र रहेको वताउँदै यस क्षेत्रबाट एमालेलाई जिताउने गरि लाग्न आग्रह गरे । पार्टी सम्र्पक कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य प्रभा बराल, केन्द्रिय सल्लाहाकार परिषद सदस्य सिंहवहादुर गोले, प्रदेश कमिटि सदस्यहरु इमानसिंह लामा,श्यामलाल विश्वकर्मा,मुकुन्द दाहाल,राजाराम रेग्मी,राप्ती नगर कमिटि उपाध्यक्ष श्याम सुन्दर उप्रेती,एमाले नेता अम्मर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...