ईश्वर पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरुको साथ



हाम्रो इकोनोमि

 

 

ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गर्नुभएको छ । काठमाडौंको महाराजगञ्जमा  आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित सय जना भन्दा बढी खेलाडीहरुले काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गर्नुभएको हो । खेलाडीहरुसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरुले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताउनुभएको थियो ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेसँधै खेलाडीहरुको साथमा रहेको बताउनुभयो । एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उहाँले काठमाडौं क्षेत्र नम्बर ५ को  टोखा र बुढानिलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिनुभयो । भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बिमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उहाँले स्मरण गर्नुभयो । एमालेको चुनावी अभियानमा साथ दिँदै नेपाली माइकल ज्याक्सनका नाममा चर्चित कलाकार रेमण्ड सापकोटाले पनि प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...