देशलाई तानाशाह राजाको खाँचो छ : राधाकृष्ण मैनाली



हाम्रो इकोनोमि

 

अहिलेको नेकपाको विवाद तथा विभाजनलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिलेको पपुलर धार प्रचण्ड–माधव नेपालको हो । केपी शर्मा ओलीको अहिलेको कदम असंवैधानिक भनेर कांग्रेस सभापति शेर बहादुरले पनि भने । त्यसकारण ओलीको धार कमजोर भएको कुरा स्पष्ट छ ।

अहिलेको संविधान मिच्नु दक्षिणपन्थी धार हो । उहाँ आफू बलियो भनेर हिजो दुई तिहाइको सरकारको धाक लगाए, आज थर्थराएका छन् । डरले गर्दा पशुपतिमा पूजा गर्न गएका छन् । वास्तवमा त्यो पूजा आन्तरिक त्रासको पूजा हो । उनमा सन्त्रास सुरु भइसकेको छ ।

 

अदालतले संसद पुनःस्थापना गरेन भने ठूलै आन्दोलन हुने स्थिति छ । आन्दोलन भयो भने वैशाखमा चुनाव हुँदैन । ओलीको पार्टी नेकपा हुने हो कि प्रचण्डको पार्टी नेकपा हुने हो ? सूर्य चिह्न कसको हुने हो टुंगो लागेको छैन । टुंगो लगाउने अदालत हो । असारसम्म चुनाव भएन भने ओली स्वतः असंवैधानिक प्रधानमन्त्री हुन्छन् ।

उनी मात्रै संकटमा परेनन्, देशलाई द्वन्द्वमा फसाए । वामपन्थी नेताको झगडाले देशमा वामपन्थी निकास दिन सक्दैन । यो खेलमा ओली सकिन्छन् । त्यसपछि दक्षिणपन्थी कहरको रुपमा छिमेकीहरू सबैको सहमतिमा फेरि राजा फर्किन सक्ने अवस्था आउँछ कि ? हिजो राजा हटाउने काममा छिमेकीहरू लागेका थिए, राजा फर्काउने काममा उनीहरू त्यसरी नै लाग्दैनन् भन्ने के ग्यारेन्टी र !

भनेपछि राजतन्त्र फर्कने सम्भावना प्रबल देख्नुहुन्छ ?

सम्भावना छ । दलले चलाउन नसक्ने भएपछि राजा फर्कने सम्भावना त भैहाल्छ नि । एकदलीय शासन पनि नहुने, नेकपाले शासन गर्न पनि नसक्ने अनि चुनाव पनि हुन नसक्ने भएपछि राजतन्त्रै फर्कन सक्ने स्थिति हुन्छ ।

हिजो वामपन्थी शक्ति एक थियो, नाटकीय वैरभाव देखा परेको थिएन । उनीहरु आफ्नो हाँडी नफुटाइ जाने सोचमा थिए । अब हाँडी नै फुटाउने स्थिति आयो । हाँडी फुटाएपछि खाने ठाउँ छैन । प्रतिपक्षी कांग्रेसको मुख्य भूमिका हुन सकेको छैन । यस्तोबेला अन्तर्राष्ट्रिय शक्तिले चलखेल पनि गर्छन् । अनि, परिणाम जस्तो पनि आउन सक्छ ।

अहिले यति नराम्ररी नेकपा फुट्ला भनेर सोचेको थिएन । निर्वाचन आयोगले हिजोको पार्टीलाई पार्टी मानेन । चुनाव नै नहुने स्थिति आएपछि ओली पनि गैर–संवैधानिक हुने स्थिति आउँछ ।

देशमा राजाको पक्षमा हिजोभन्दा जनमत बढेको छ । हिजो पृथ्वीनारायण शाहको सालिकमा माला चढाउने दुई जना मान्छे हुँदैनथे, अहिले दशौं हजारले चढाइरहेछन् । यसले पनि एउटा संकेत गर्छ ।

छिमेकी देशलाई नेपालका गाणतन्त्रकालका शासकसँग विश्वास छैन । व्यवस्थामा पनि विश्वास छैन । इण्डियाले यसलाई हितकर ठानेको छैन । हिजो जसरी राजालाई घिसारेर बाहिर लगिएको थियो, त्यसैगरी धकेलेर भित्र ल्याउने पो हुन् कि ! अहिले नेपालमा राजतन्त्र नेपालीलाई भन्दा छिमेकी देशलाई बढी चाहिएको छ ।

कुरा यो हो कि, राजा आएर पनि समस्याको समाधन हुन्छ कि हुँदैन ? राजा हिजोकै शैलीमा आए भने देश संकटमै जान्छ । अब आउने राजा भनेको आम जनताको सुधारक हुँदै भष्टाचार नियन्त्रण गर्ने, सामाजिक विकृतिलाई नियन्त्रण गर्ने, पेशागत निष्ठालाई विकास गर्ने किसिमबाट आउँदा बेटर हुन्छ ।

भनेपछि तपाईं पनि राजतन्त्रकै पक्ष हुनुहुन्छ ?

यहाँ नेताहरू सुध्रिने अवस्था नै छैन । राजा आउँदा पनि ‘बेबी किङ’ आएर समस्या समाधान हुँदैन । सेरेमोनियल राजाको काम छैन । साँच्चिकै सुधारक तानाशाह राजाको खाचो छ देशलाई ।

यहाँका राजनीनिक नेताहरूलाई कारबाही गर्नुपर्याे, राजनीतिक पार्टीलाई सिस्टममा ल्याउनुपर्यो । यहाँका कर्मचारीलाई कर्मचारीजस्तो बनाउनुपर्यो । वकिलहरूलाई कर तिर्ने बनाउनुपर्यो । यो अवस्थाबाट राज्यलाई मुक्त गर्न नियन्त्रित व्यवस्था भएन भने सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...