देउवाको छायाँ मात्र देख्दा मुर्मुरिने यी हुन् कांग्रेसी,चाकडी गर्दै बिहानै अगरबत्ती बालेर परिक्रमा क-कसले गर्छन?



नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले महाधिवेशन सम्पन्न भएको २६ महिनापछि गरेको पदाधिकारी नियुक्ति विवादमा परेको छ । विधान बमोजिम पदाधिकारीको नाम सभापति शेरबहदुर देउवाले महाधिवेशन भएको २ महिनाभित्र गरिसक्नु पर्ने थियो । तर उनले दुई बर्षपछि अर्थात विधान विपरित गत प्रतिनिधिसभाको निर्वाचनमा सर्मनाक हार व्यहोरेका डा. प्रकाशशरण महतलाई सह–महामन्त्री नियुक्त गरेपछि सर्वत्र विरोध र असन्तुष्टी बढेको छ । २०४६ सालको जनआन्दोलनको क्रममा अमेरिका रहेका डा. महत २०५३ सालमा नेपाल आएका थिए । महतलाई सहमहामन्त्री नियुक्त गरेपछि देउवाका विश्वास पात्र भनेर चिनिएका नेपाल बिद्यार्थी संघका पूर्वअध्यक्षत्रय ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र एनपी साउद देउवासँग चिढिएका छन् । कांग्रेसको राजनीतिमा सम्भावना बोकेका यिवाहेक गुटको राजनीतिमा काविल मानिएका रमेश लेखक, मानबहादुर विश्वकर्मा र फरमुल्ला मन्सुर देउवासँग असन्तुष्ट भएका छन् ।

उपसभपातिमा नियुक्त गरिएका गान्धिवादी नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिलाई उपसभापतिमा नियुक्त गरेकोमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र गत असोज ३० गते नेपाली कांग्रेसमा पार्टी विलय गरेका विजयकुमार गच्छदार देउवासँग रिसाएका छन् । देउवाले गच्छदारलाई विधान परिवर्तन नभएको उपसभपाति बनाउन नसकिएको वाध्यता जनाएका थिए । गच्छदारले केन्द्रीय कार्य समिति बैठकबाटै विधानको बाधा अड्काउ फुकाउको दफा प्रयोग गरी आफूसँग भएको सहमति अनुसार उपसभापतिसहित आफ्नो पार्टीबाट कांग्रेसमा आएका १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न दबाब दिएका थिए । देउवाले पहिले गरिएका भद्र र मौखिक सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि कार्यान्वनय नभए पछि गच्छदार देउवालाई छोडेर रामचन्द्र पौडेलको गुटमा लाग्ने कि भन्ने सम्मको तयारीमा लागेका छन् ।
गच्छेदारलाई महासमिति बैठकबाट विधान परिवर्तन गरी गच्छदालाई उपसभपाति बनाउने आश्वासन देउवाले दिए पनि आफूलाई भने भाउ नदिएको भन्दै अर्का बृद्ध नेता गोपालमान श्रेष्ठ भने देउवासँग गुनासो गर्न थालेका छन् । देउवालाई हरेक संकट पर्दा सहयोग गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यावाहक सभापति समेत भएको इतिहास जहाँतहीँ सुनाउँदै हिँड्ने श्रेष्ठले आफूलाई उपसभापति बनाउन देउवापत्नी डा. आरजुको शरणमा समेत गएको चर्चा छ ।

देउवाले निधिलाई उपसभापति बनाए पनि गच्छदारलाई पछि उपसभापति बनाएर निधिको कदलाई साइजमा ल्याउने विश्वास गच्छदारलाई दिइसकेका छन् । देउवा प्यानलकै बालकृष्ण खाँडले आफूलाई महामन्त्री बनाउन दबाब दिँदै आएका थिए । तर आफूलाई संसदीय दलको प्रमुख सचेतकमा खुम्च्याएको भन्दै खाँड पनि देउवालाई छोडेर प्रकाशमान सिंहमार्फत रामचन्द्र पौडेल गुटसँग वार्ता गर्न थालेका छन् । खाँड नेविसंघको सभापतिहुँदा कृष्णप्रसाद भट्टराईको विश्वास पात्र थिए भने २०५७ सालमा गिरिजाप्रसाद कोइरालाले नेपाल तरूण दल गठन गर्दा कोइराला गुटमा प्रवेस गरेका थिए । पछि देउवा प्रधानमन्त्री भएपछि उनकै गुटमा प्रवेसश गरेका खाँड अवसर नपाए पौडेल गुटमा जान सक्ने आंकलन गर्न थालिएको छ । खाँडले आफूलाई डा. आरजु राणाले राजनीतिमा अघि बढ्न नदिएको गुनासो गर्न थालेका छन् । उनले महामन्त्री नपाए पनि सहमहामन्त्री बन्ने विश्वास व्यक्त गर्दै आएका थिए । खाँडले डा. महतलाई आफूभन्दा धेरै जुनियर भएको बताउँदै आएका छन् ।
अर्का केन्द्रीय सदस्य एनपी साउदले पनि आफूलाई देउवापत्नी आरजुले देख्न नसकेको र सहमहामन्त्री पनि नदिएको गुनासो गर्न थालेका छन् । साउद पनि कांग्रेसको महामन्त्रीका दाबेदार थिए । तर एनपीलाई उनकै गृह जिल्लाका नेता रमेश लेखकले रोकेको चर्चा बुढानिलकण्ठ निवासमा सुनिन थालेको छ । सहमहामन्त्रीको रेसमा दौडिएका लेखकलाई पछि राम्रो अवसर दिने भन्दै डा. आरजुले लेखकलाई थुम्थुम्याएर आफ्नो किचनका अन्धोभक्त डा. महतलाई सहमहामन्त्री बनाएकी छिन् ।

महामन्त्रीमा नियुक्त भएका पूर्णबहादुर खड्काको भने कसैले पनि आलोचना गरेका छैनन् स्वच्छ र निश्कलंक क्षवि वोकेका खड्कालाई महामन्त्री बनाएर देउवाले आफूमााथि लागेका सबै आक्षेप र आरोपलाई पखाल्न खोजेको आंकलन गरिन्छ ।

सहमहामन्त्री नपाए पछि दुई बर्षअघि मात्र देउवा गुटमा कोइराला गुटबाट आएका मानबहादुर विश्वकर्माले सुजाता कोइराला मार्फत देउवा गुट छोड्ने बिषयमा सल्लाह गरेका छन् । उनले देउवाले आफूलाई धोका दिएको भन्दै गुनासो गरेका छन् । देउवालाई स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनदेखि नै देउवा गुट छोडेका अर्जुननरसिंक केसी यतिवेला पोडेल गुटमा टाँसिइसकेका छन् भने चन्द्र भण्डारीले पनि देउवालाई छोडेर यूवा केन्द्रीय सदस्यहरूको बेग्लै गुट खडा गरिसकेका छन् । १३ औं महाधिवेशनमा देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौला र उनको गुटले समेत देउवालाई पूर्णरूपमा असहयोग गर्ने जनाइ सकेको छ ।

देउवाका हरेक निर्णयलाई असयोग गर्दै आएको नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यहरूले भने केन्द्रीय कार्य समिति बैठकमा देउवाले पेलेको महसुस गरेका छन् । उनीहरूले चुनावी समिक्षाको बेला दिएको सुझावलाई ग्रहण नगरेको र पदाधिकारीको नाम प्रस्ताव गर्ने बित्तिकै छलफल नै गर्न नदिएर पास गरेको भन्दै गुनासो पोखेका छन् । उनीहरूले आगामी जेठ मसान्तभित्र हुने जिल्ला सभापतिहरूको भेलामा देउवाको उछितो काड्ने योजना बनाएका छन् । पौडेलको असन्तुष्ट धारको गुटमा रहेका महामन्त्री डा. शशांका कोइराला भने अहिले पौडेलको लाईनबाट अलग भएका छन् । उनले देउवा र पौडेल कसैलाई पनि सहयोग गरेका छैनन् । देउवाले आगामी महाधिवेशनमा उपसभापतिमा मनोनित गरेर कार्याबाहक सभापति बनाउँछु भन्ने आश्वासन पाएर मक्ख भएर बसेको कोइराला यतिवेला सहमति, एकताको मात्र कुरा गरेर देउवालाई समर्थन गर्दै आएका छन् । उनले देउवाले केही दिनमा गठन गर्ने विभागमा आफ्ना मान्छेलाई हाल्ने बिषयमा सम्झौता र सौदाबाजी गरिरहेका छन् । कोइरालालाई यतिवेला डा. नारायण खड्का, डा. मिनेन्द्रप्रसाद रिजाल, सुजाता कोइराला र दीपक गिरीले साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो : एमाले

    नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन