र,बालुवाटारमा हिजो राती यसरी एक्लीए झलनाथ,ओलीलाई बिन्ती बिसाउदै के-के भन्न भ्याए?



मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटिको बैठकको एजेन्डा थियो, राष्ट्रपतिको छनोट।

उम्मेदवारको रुपमा चर्चामा थिए, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं पूर्वपार्टी अध्यक्ष झलनाथ खनाल।

बैठक बस्नुअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतासँग छलफल गरे। ओलीले मंगलबार बिहानसमेत माधवकुमार नेपाल, वामदेव गौतम लगायतका नेतासँग राष्ट्रपतिको उम्मेदवारी कसलाई दिने भन्ने विषयमा छलफल गरेका थिए।

ओलीको आशय थियो, राष्ट्रपतिमा विद्यादेवी भण्डारीको निरन्तरता।

प्रधानमन्त्री निवास बालुवाटार नयाँ राष्ट्रापति छनोटमा व्यस्त थियो। शितल निवास समेत प्रत्यक्ष/अप्रत्यक्ष राष्ट्रपति छनोटमा सक्रिय थियो।

दुवैको कसरत थियो, नयाँ राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीकै निरन्तरता।

माओवादी केन्द्रसँग पदीय बाँडफाँट गर्दा राष्ट्रपति पद एमालेको भागमा परेको हो। त्यही समय एमाले र माओवादीका शीर्ष नेतृत्व राष्ट्रपति र उपराष्ट्रपतिमा पुरानै अनुहार दोहोर्यााउन सकारात्मक देखिएका थिए।

दुई वाम पार्टी एकता प्रक्रियामा वर्तमान राष्ट्रपति भण्डारीले शितल निवासबाट खेलेको मूमिका जगजायर नै छ। त्यसपछि दुवै दलका शीर्ष नेतृत्वले राष्ट्रपति र उपराष्ट्रपति दोहोर्या उँदा राष्ट्रलाई आर्थिक भार कम पर्नेसम्मको लबिङ सार्वजनिक रुपमै गरिरहेका थिए।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सर्वसम्मति मै राष्ट्रपति भण्डारीको निरन्तरताको पक्षमा शीर्ष नेतासँग सहमती मागे।

तर, राष्ट्रपतिको आकांक्षी झलनाथ खनालले पार्टी अध्यक्षको प्रस्तावमा असहमती जनाए। राष्ट्रपतिको छनोटको विषयमा संस्थागत निर्णय गर्नुपर्ने भन्दै उनले स्थायी कमिटिको बैठकबाट निर्णय हुनुपर्ने अडान लिए।

अन्तिममा खनालकै माग अनुसार ओलीले स्थायी कमिटि डाके र निर्णय आफू अनुकूल गराउन सफल भए।

मंगलबारको स्थायी कमिटि बैठक अपरान्ह ४ बजे आह्वान गरिएको थियो, तर बैठकको सूरुवात पूर्व प्रधानमन्त्री एवं पार्टीका पूर्व महासचिव माधवकुमार नेपालको जन्मदिनको पार्टीबाट सुरु गरियो। नेपालको जन्मदिनमा ओलीले सरप्राइज केक दिए, फूलका गुच्छा थमाए, र भने, ‘अब अरु साथीको जन्मदिन समेत यसरी नै मनाउनुपर्छ।’

लगत्तै बैठक छाडेर नेता नेपाल एक कार्यक्रममा सहभागी हुन बालुवाटारबाट बाहिरिए।  अनौपचारिक गफगाफ चल्दै गयो, त्यसपछि सबै स्थायी कमिटिका सदस्यलाई बालुवाटारमै डिनर तयार भयो।

डिनर सकेपछि मात्र राष्ट्रपति छनोटको एजेन्डाले स्थायी कमिटि बैठकमा औपचारिक रुपमा प्रवेश पायो।

बैठकको सुरुमै झलनाथ खनालले राष्ट्रपति पदका लागि आफ्नो इच्छा जाहेर गरे। ‘अगाडि पनि राष्ट्रपति पाइएन, अहिले इच्छा छ,’ झलनाथले आफ्ना कुरा राखे, ‘पूर्वप्रधानमन्त्री भइसकेको, पार्टी अध्यक्ष भइसकेको, यति लामो समय पार्टीमा योगदान गरेको म राष्ट्रपति किन हुन नहुने?’

त्यसपछि बैठकमा अन्य सबै सदस्यले धारणा राखे। सबैले खनालको व्यक्तित्व, राजनीतिक पृष्ठभूमी र योगदानको प्रशंसा गरे। तर, ओली पक्षीय नेताले वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिनुपर्ने कारणहरु खोतले।

ओली पक्षका स्थायी कमिटी सदस्यहरुले वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाको प्रसंशा गरे। भण्डारीले राष्ट्रपतिका लागि छोटो अवधि मात्र पाएको गुनासो गरे र राज्यको व्ययभार बढाउन नहुने भन्दै वर्तमान राष्ट्रपति भण्डारीकै निरन्तरताको अडान राखे।

झलनाथ खनाल पक्षीय स्थायी कमिटि सदस्यले भने वर्तमान राष्ट्रपति भण्डारीलाई दोहोर्यायउन नहुने जिकिर गरे। राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेर भण्डारीले राजनीतिक भागबण्डा खोजेको, पार्टीभित्र खेल्ने काम गरेको, गुट-उपगुटमा लागेको भन्दै भण्डारीको आलोचना गरे।

तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले वर्तमान राष्ट्रपति भण्डारीलाई निरन्तरता दिने पक्षमा प्रस्ताव गरे। भण्डारीले निरन्तरताको इच्छा जाहेर गरेको र पूरा कार्यकाल समेत बिताउन नपाएको भन्दै ओलीले राष्ट्रपति दोहोर्यापउनुपर्नेमा जोड दिए।

खनाललाई अपेक्षा थियो, राष्ट्रपति छनोटमा माधव नेपाल, वामदेव गौतम र भीम रावलले समर्थन गर्छन्। तर, अन्तिममा नेपाल, गौतम र रावल ओलीको पक्षमा उभिए।

तीनै जनाले राष्ट्रपतिको निरन्तरताको पक्षमा मत प्रकट गरेपछि खनाल एक्लै परे।

अध्यक्ष भएर ५ वर्ष पार्टी हाँकेका, प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरेका खनाल स्थायी कमिटि बैठकमा अल्पमतमा परे। कोही प्रभावशाली नेता खनालको पक्षमा नदेखिएपछि मत विभाजनको कुनै आवश्यकता परेन। मध्यरातमा बालुवाटारमा बसेको बैठकले भण्डारीलाई नै राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गर्‍यो।

राष्ट्रपतिमा इच्छा देखाएका खनाल अब के गर्लान्?

 नेता खनालले भने, ‘अझै सक्रिय राजनीतिमा लाग्ने मेरो परिस्थिति अन्त्य भएको रैनछ, मुलुकले सक्रिय राजनीतिको अपेक्षा मबाट गरेको रहेछ भन्ने मैले बुझेको छु।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको