प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा



कार्यसम्पादन मूल्यांकन कीर्ते मुद्दामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्वडीआईजी एवं एमाले सांसद् नवराज सिलवाल केपी ओली प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।  उनी सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका थिए ।

सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिलवालको व्यापक खोजी जारी राखेको छ । पुस दोस्रो साता मात्रै महानगरीय प्रहरी परिसर, काठमाडौंले सिलवालाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरलाई पत्रचार गरेको थियो । सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै खोजी जारी राख्न सर्कुलर गरेको थियो । यति गर्दा पनि फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । यहीबीचमा सिलावल प्रधानमन्त्री निवास बालुवाटार पुगेको उल्लेख छ ।

के भनेका थिए नवराज सिलवालले शेरबहादुर देउवालाई

बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, एमाले सांसद समेत रहेका सिलवालले भने सरकारी कागजात कीर्तेको मुद्दाबाट भने तत्काललाई राहत पाउने देखिएको छ ।एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सिलवालको मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

सिलवाललाई पक्राउ गर्न पत्र काट्ने महानगरीय प्रहरी परिसरले सिलवाल प्रकरणामा नरम शैली अपनाउने छनक दिएको हो । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेको भन्दै सिलवालका सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन् ।काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गर्न पूर्जी नै काटेको थियो । तर, उनी पक्राउ परेनन् ।

देउवा सरकार विदा हुनु अघि एसएसपी रविन्द्र धानुक बाग्लुङ सरुवा गरेर परिसर प्रमुख पोखरेललाई ल्याइयो । सिलवालविरुद्ध मुद्दा चलाउनकै लागि धानुकलाई हटाएर पोखरेललाई ल्याइएको दाबी एमालेको छ ।परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेका भन्दै सिलवालको सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन्महान्यायाधिवक्ता बसन्तराम भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले पनि यो दाबीलाई नै बल पुगेको थियो ।

भण्डारी (जसले शुक्रबार राजीनामा दिए) कै दबावमा आईजीपी नियुक्ति विवादमा अदालतमा पेश भएको कार्यसम्पादन मुल्यांकन कीर्ते प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पठाइएको थियो ।तर, सरकारी वकिलले नमानेपछि उनी आफैंले मुद्दा दर्ता गर्न खोजे । बुधबार दिनभरको प्रयास असफल भएपछि महान्यायाधिवक्ता भण्डारीले बिहीबार मिसिलको फोटोकपी लगेर दर्ता गर्न खोज्दा अदालतले लिन मानेन ।अहिले मिसिल वकिल कार्यालयमा अड्किएको छ । कार्यालयका प्रमुख सूर्यराज दाहाल भन्छन्, ‘हामी मिसिल अध्ययनको क्रममा छौं । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन्छ ।’

बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, एमाले सांसद समेत रहेका सिलवालले भने सरकारी कागजात कीर्तेको मुद्दाबाट भने तत्काललाई राहत पाउने देखिएको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सिलवालको मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

सिलवाललाई पक्राउ गर्न पत्र काट्ने महानगरीय प्रहरी परिसरले सिलवाल प्रकरणामा नरम शैली अपनाउने छनक दिएको हो । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेको भन्दै सिलवालका सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन् ।काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गर्न पूर्जी नै काटेको थियो । तर, उनी पक्राउ परेनन् ।

देउवा सरकार विदा हुनु अघि एसएसपी रविन्द्र धानुक बाग्लुङ सरुवा गरेर परिसर प्रमुख पोखरेललाई ल्याइयो । सिलवालविरुद्ध मुद्दा चलाउनकै लागि धानुकलाई हटाएर पोखरेललाई ल्याइएको दाबी एमालेको छ ।परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेका भन्दै सिलवालको सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन्महान्यायाधिवक्ता बसन्तराम भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले पनि यो दाबीलाई नै बल पुगेको थियो ।भण्डारी (जसले शुक्रबार राजीनामा दिए) कै दबावमा आईजीपी नियुक्ति विवादमा अदालतमा पेश भएको कार्यसम्पादन मुल्यांकन कीर्ते प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पठाइएको थियो ।

तर, सरकारी वकिलले नमानेपछि उनी आफैंले मुद्दा दर्ता गर्न खोजे । बुधबार दिनभरको प्रयास असफल भएपछि महान्यायाधिवक्ता भण्डारीले बिहीबार मिसिलको फोटोकपी लगेर दर्ता गर्न खोज्दा अदालतले लिन मानेन ।अहिले मिसिल वकिल कार्यालयमा अड्किएको छ । कार्यालयका प्रमुख सूर्यराज दाहाल भन्छन्, ‘हामी मिसिल अध्ययनको क्रममा छौं । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको