ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग गरे लगत्तै प्रचण्डले भने-अब एमाले संग कहिल्यै एकता हुदैन,टर्यो



दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ। एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा गम्भीर मतभेद देखिएपछि एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकता प्रक्रिया तत्काल नहुने भएको हो।

दुवै दलका शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठन लगायत धेरै विषयमा सहमती जुटे पनि अन्तिम समयमा एमालेले एकीकृत पार्टीको निर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्ने अडान नछाडेपछि माओवादी केन्द्र एकता प्रक्रियाबाट पछाडि हटेको हो। सोही कारण हिजो बसेको पार्टी एकता संयोजन समिति बैठकले सांगठनिक र सैद्धान्तिक विषय व्यवस्थापनका लागि गठन गर्ने भनिएको कार्यदल बनाउन सकेन।

बैठकमा सहभागी एक कार्यदल सदस्यका अनुसार शीर्ष नेताको व्यवस्थापन, सरकार नेतृत्वमा आलोपालो लगायतका प्राविधिक विषय मिले पनि सिद्धान्तको विषयमा थप छलफल गर्न आवश्यक देखिएको बताए।

स्रोतका अनुसार एमालेले एकताको ड्राफ्टमा एकीकृत पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ लेख्नुपर्ने अडान लिएको थियो। माओवादी केन्द्रका नेताले दुवै पार्टीका सिद्धान्तलाई दस्तावेजमा समावेश गर्दै नयाँ निर्देशक सिद्धान्त बनाउनुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारे पनि त्यसमा एमाले नेताहरु सहमत भएनन्।

एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा दुई पार्टीबीच विवाद देखिएपछि आजै एकताको ड्राफ्ट तयार गरी पार्टी एकताको औपचारिक घोषणा गर्ने सम्भावना टरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दै पार्टी एकता तत्कालका लागि टरेको सन्देश सुनाएका थिए। दाहालले अन्तिम समयमा एकीकृत पार्टीको सिद्धान्तलाई लिएर एमाले नेताहरुबाट आएको अडानका कारण एकता प्रक्रिया भाँड्ने मनसाय देखिएको भन्दै ब्रिफिङ गरेका थिए।

हिजो बसेको एकता संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सैद्धान्तिक विषयमा थप गृहकार्य आवश्यक देखिएकाले एकता प्रक्रिया निष्कर्षमा पुग्न नसकेको बताएका थिए।

संयोजन समितिको बैठकबाट बाहिरिँदै एमाले नेता वामदेव गौतमले भने बिहीबार पार्टी एकताको औपचारिक निर्णय गरिने बताएका थिए। आज बिहान दुवै दलका शीर्ष नेताको बैठक बसेर साँझसम्म एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने दाबी गरिए पनि दुवै दलबाट कुनै तयारी भएको छैन। नेता गौतमले एकताको ९५ प्रतिशत काम सकिएको बताउँदै ५ प्रतिशत बाँकी रहेको काम आज टुङ्ग्याउने दाबी गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले पटक-पटक गोप्य वार्ता गर्दै पार्टी र सरकारको नेतृत्वको विषयमा सहमति गरेका थिए। दुवै नेताले एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र दुई वर्षभित्रै एकीकृत पार्टीको महाधिवेशन गर्ने सहमति गरेका थिए।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले एकीकृत पार्टीमा दुवै अध्यक्ष रहने र सरकारमा आलोपालो गर्ने समेत सहमती जुटाएका थिए। ओली र प्रचण्डले गरेको सहमतीलाई दुवै पार्टीको शीर्ष कमिटीले समेत अनुमोदन गरेको थियो।

एकता प्रक्रिया तत्कालका लागि टरेपछि एमालेले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ। ओली नेतृत्वको सरकारलाई समर्थन गरे पनि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीले तत्काल दुई मन्त्री माओवादीबाट सिफारिस गर्न अनुरोध गरे पनि माओवादी अध्यक्ष दाहालले त्यसलाई अस्वीकार गरेका छन्। प्रचण्ड निकट एक नेताका अनुसार नयाँ सरकार ओलीको नेतृत्वमा बने पनि माओवादी केन्द्र अब पार्टी एकताको विषयमा वृहत छलफल गरेर मात्र नयाँ सरकारमा सहभागी हुनेछ।

यस्तो थियो सहमति

दुई दलबीचको सहमतिअनुसार ओली र दाहालमध्ये एकले सरकारको नेतृत्व गर्दा अर्काले पार्टीको नेतृत्व गर्नेछन् । पहिलो प्रधानमन्त्री ओली तीन वर्ष प्रधानमन्त्री हुनेछन् भने दाहालले दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् ।

एमाले माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद राख्ने सहमति भएको छ । एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्दै दुवै दलको भावना मिलाउन जबज र माओवादी नराख्ने सहमति पनि भएको छ । यद्यपि, यो सहमतिलाई अन्तिम निर्णय एकता महाधिवेशनबाट गर्नका लागि वैचारिक–संगठनात्मक कार्यदल बनाइने भएको छ ।

शुक्रबार कार्यदल गठन गर्ने एक नेताले बताए । दुवै दलले जनताको बहुदलीय जनवाद नै माने पनि एकअर्काको सम्मानका खातिर एकीकृत पार्टीका राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद हुने सहमति गरिएको हो । ‘एकताको ९५ प्रतिशत विषयको टुंगो लागेको छ, केही विषय छलफलकै क्रममा रहेकोले रातीराती निर्णय नगरौँ भनेर बिहीबारसम्म सारिएको छ, अब एकता भयो,’ एकता संयोजन समितिका सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले भने ।

यसैगरी अब एमाले र माओवादी एकअर्कामा विलिन भई नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने निर्णय भएको छ भने चुनाव चिन्ह सूर्य रहनेछ । केन्द्रीय समितिको आकारमा भने टुंगो लाग्न बाँकी रहेको छ । विभिन्न चार विकल्पमा छलफल भए पनि नेताहरूबीच कुन आकारको बनाउने भन्नेमा गृहकार्य जारी रहेको छ । ‘दुई अध्यक्ष रहने टुंगो लाग्यो, अन्य विषयमा छलफल जारी छ, उपयुक्त निर्णय आजको बैठकमा हुन्छ,’ खनालले भने ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन