ओलीको मै प्रति मात्र भरोशा छ,त्यसैले पनि मुख्यमन्त्री हुने मै हो भन्दै पाण्डेले सुनाए यस्ता बिकाशे कुरा



नेकपा एमालेका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आफू प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्द उनले भने,‘सकेसम्म हामी सहमतिमै मुख्यमन्त्री चयन गर्छौ, यदि सहमति भएन भने निर्वाचनमार्फत अघि बढ्छौं, संसदीय दलको नेता चयन गर्नेबारे भोलि छलफल हुन्छ, भोलिको छलफलमा सहमति भयो भने ठिकै छ, नभए निर्वाचन हुन्छ, मेरो उम्मेद्धवारी हुन्छ, मुख्यमन्त्री मै बन्छु, अध्यक्ष केपी ओलीको पनि मलाई समर्थन छ।’

नेता पाण्डेले आफू ४ पटकसम्म संसदमा लगातार निर्वाचित भएर काम गरेको व्यक्ति भएको उल्लेख गर्दै भने,‘म ४ पटकसम्म लगातार संसदमा काम गरेको अनुभव छ, प्रमुख सचेतक भएर काम गरेको छु, संसदीय कार्यव्यवस्था समितिको सदस्य भैसकेको छु, यसरी संसदमा समेत लामो भूमिका निर्वाह गरेको अनुभव भएकोले म मुख्यमन्त्री लागि योग्य छु, सोही अनुसार मैले तयारी गरेको छु।’

उनले आफू मुख्यमन्त्रीमा निर्वाचित भएपछि यो प्रदेशको विकासको लागि गम्भिर भएर काम गर्ने विश्वास दिलाए । केन्द्र सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनाहरु यही प्रदेशमा पर्ने भएकोले यीनीहरुलाई सम्पन्न गर्न आफू लागिपर्ने पाण्डेको विश्वास थियो ।

पाण्डेले भने,‘काठमाडौं–तराई फाष्ट ट्रयाक यही प्रदेशमा पर्छ, चीन हुँदै काठमाडौंबाट पोखरा हुँदै लुम्बिनी जाने रेल सेवाको परियोजना यही प्रदेशमा पर्छ, त्यस्तै चीन, रसुवागढी, गल्छीहुँदै चितवनको ठोरी भएर भारत जोडिने त्रि–देशीय सडकमार्ग पनि यही प्रदेशमा पर्छ, त्यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको आधा हिस्सा यही प्रदेशमा पर्छ, जुन निर्माण सम्पन्न भयो भने मुलुकको आर्थिक विकासमा ठूलो प्रभाव पर्छ।’

नेता पाण्डेले केन्द्र सरकारले तोकेका र आँटेका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने आफ्नो पहिलो एजेण्डा रहेको सुनाए ।

त्यस्तै उनले प्रदेश सरकार नेपालको ईतिहाँसमा पहिलो भएकोले सुरुमा कानूनहरु निर्माण गर्नुपर्ने चूनौति रहेको पनि सुनाए । ‘अहिले त कम्तिमा ४० वटा कानूनहरु सूरुवातमै चाहिने भएको छ, यी सबै निर्माण गर्न कम्तिमा एक वर्ष समय लाग्छ’ उनले भने,‘त्यसैले सबैसँग सहकार्य गरेर अघि बढ्नुपर्छ।’

उनले आफ्नो अर्को महत्वपूर्ण एजेण्डामा सुशासन कायम गर्नु रहेको सुनाए । उनले भने,‘जनतालाई सुशासन दिन सक्नुपर्छ, म स्थानीय विकासमन्त्री हुँदापनि यो थिति बसाल्नको लागि प्रयास गरेको थिएँ, तर त्यतिबेला म छोटो समयको लागिमात्रै उक्त जिम्मेवारीमा थिएँ, अब त कम्तिमा स्थायी सरकार बन्दैछ।’

विगतमा समस्याहरु दर्शाउँदै एकले अर्कोलाई देखाएर पन्छिने प्रचलन भएपनि अब ती परम्पराहरु ईतिहाँस बन्ने उनको दाबी थियो । उनले भने,‘समस्या दर्ज गर्ने ठाउँ हुन्छ, अब समस्या समाधान हुनेमा हामी विश्वास छौं ।’

नेपाल पर्यटकीय संभावना बोकेको देश भएकोले यसको विकासमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले भने,‘हामीले अब पर्यटन विकासमा पनि ध्यान दिनुपर्छ, काठमाडौं उपत्यकाजस्तो ठाउँमा फोहोरमैला व्यवस्थित् हुन सकेको छैन, सरसफाईमा अब ध्यान दिनुपर्छ।’

फरक प्रसँगमा उनले एमाले र माओवादी केन्द्रवीच अब छिट्टै एकता हुने विश्वास दिलाए । उनले भने,‘केन्द्रिय सरकार अबको १२ दिनभित्रै बनिसक्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ, यसमा कुनै दुईमत छैन्।’ त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली बसेर नै सबै कुरा टुँगो लगाउने स्पष्ट पारे ।

पाण्डेले भने,‘हिजो प्रचण्ड र ओली नै वाम गठबन्धन गर्नुभयो, निर्वाचनमा सर्वाधिक सफलता हात पर्यो, अब उहाँहरु मिलेर नै अब पार्टी एकता गर्नुहुन्छ, उहाँहरुले ध्यान दिनुहोला। कुन मोडालिटीमा एकता गर्नुहुन्छ, त्यो उहाँहरुको हातमा छ, तर एकता हुन्छ।’

जनताले भोट हाल्दाखेरि नै दुई पार्टीवीच एकता होस् भनेर हालेको उनको विश्वास थियो । उनले भने,‘वाम गठबन्धनको पक्षमा जनताले भोट हाल्नुको प्रमुख कारण एकता होस्, स्थिरता होस र आर्थिक समृद्धिको लागि हो, त्यसैले एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन