फागुन तीन गते बाट ओलीलाई प्रधानमन्त्री बनाउन बाटो खुलाउने निर्वाचन आयोगको यस्तो छ तयारी



राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले संघीय संसदलाई पूर्णता दिने अर्काे प्रक्रिया भोलिदेखि सुरु गर्ने भएको छ। संसदलाई पूर्णता दिन आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई समानुपातिक कोटाबाट छनोट हुने प्रतिनिधि सभा सदस्यहरुको नाम पठाउन पत्र लेख्नेछ।

७ प्रदेशबाट ८ जनाका दरले निर्वाचित हुने ५६ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन बुधबार सम्पन्न भइसकेको छ। सातै प्रदेशबाट निर्वाचित भएका सदस्यहरुको नाम आज निर्वाचन आयोगमा आइपुग्नेछ। निर्वाचित सदस्यहरुको नाम आजै प्रमाणिकरण गरेर समानुपातिकतर्फको नतिजा टुङ्ग्याउने योजनामा निर्वाचन आयोग छ।

संविधानमा संघीय संसदमा ३३ महिला पुग्नै पर्ने प्रावधान छ, सोही अनुसार आयोगले प्रत्येक राष्ट्रिय दलबाट ३३ प्रतिसत महिला संघीय संसदमा पुग्नेगरी तीन दिनभित्र समानुपातिकतर्फको सूची बुझाउन राष्ट्रिय मान्यताप्राप्त दलहरुलाई शुक्रबार पत्र पठाउने योजना बनाएको निर्वाचन आयुक्त ईश्वरी पौडेलले बताए।

तोकिएको तीन दिनभित्र दलहरुले महिलाको प्रतिसत पुग्ने गरी नाम पठाए भने निर्वाचन आयोगले २९ माघमा नै राष्ट्रपति समक्ष संघीय संसदको सम्पूर्ण निर्वाचन परिणाम बुझाउनेछ। त्यसो नभएमा आयोगले दलहरुलाई सूची सच्याउन थप दुई दिनको समयावधि दिनेछ।

३३ प्रतिसत महिलाको व्यवस्था सहित राष्ट्रिय मान्यताप्राप्त पाँचै राजनीतिक दलले समानुपातिक सूची बुझाउनासाथ निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउनेछ। यस हिसावले हेर्दा संसद निर्वाचनको सम्पूर्ण परिणाम ३ फागुनभित्र राष्ट्रपति कार्यालय पुग्नेछ।

आयोगले निर्वाचन परिणाम राष्ट्रपति कार्यालय बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रियापनि सुरु हुनेछ। संविधानको धारा ७६ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधि सभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

संविधानको यो व्यवस्था अनुसार माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने प्रक्रिया ३ फागुनपछि मात्र सुरु हुनेछ। हुन त, धारा ७६ (१) मा प्रतिनिधि सभामा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री बन्ने उल्लेख छ। वामगठबन्धनको बहुमत भएपनि एमाले एक्लैको बहुमत नभएकाले ओली प्रधानमन्त्री बन्न धारा ७६ (२) आकर्षित हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन