ओलीले पल्टाएको पासा र परीक्षामा ओली



भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विशेषतः नेपालमा सत्तारुढ हुन लागेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाई भेट्न १८-१९ माघमा काठमाडौं भ्रमण गरिन् ।

आकस्मिक जस्तो लाग्ने भ्रमणको मूल उदेश्य अध्यक्ष ओलीसँग सम्बन्ध सुधारी नेपालमा भारतीय इन्गेजमेन्ट लाई सघन राख्नु रहेको बुझन् सकिन्छ ।

स्थापित कूटनीतिक अभ्यासलाई उपेक्षा गरिएको स्वराजको यो भ्रमणले ओलीसँग सम्बन्ध सुधार गर्न भारत नेपाल धाउन तयार छ भन्ने सन्देश दिएको छ ।

एमालेले पनि कूटनीतिक आचरण बिर्सेजस्तो गर्दै छिमेकी राष्ट्रको मन्त्रीको स्वागतमा रात्रिभोज आयोजना गर्यो ।

इन्गेजमेन्ट का हत्कण्डा
नेपालमा केही नयाँ प्रधानमन्त्री बन्नासाथ दिल्ली धाउने परम्परा विपरीत भावी प्रधानमन्त्रीको ुखिदमतुमा भारतीय विदेशमन्त्री नेपाल आएको कारण पनि स्वराजको यो भ्रमण विशेष रह्यो । उनले ओलीसँग काम गर्ने इच्छा दाहोर्याइनन् मात्र, मधेसकेन्द्रित दलका शीर्ष नेताहरुलाई एमालेसँग मिलेर जान पनि सुझाइन् । स्वराजको यो तेवरबाट दुइ वटा अर्थ लगाउन सकिन्छ । पहिलो, नेपालको मधेस मुद्दामा भारतको चासो अहिलेलाई सकियो र दास्रो, ओली नेतृत्वको सरकारमा मधेसी नेताहरुको संलग्नताबाट ुस्ट्रक्चरल एड्जस्टमेन्टु भनेका थिए । दोस्रो अर्थलाई नेपालमा भारतले माओवादी बिनाको आगामी सरकार हेर्न चाहेको संकेतको रुपमा बुझ्न सकिन्छ ।

नेपालको महत्व
पाँच महिना लामो नाकाबन्दीको बेला प्रधानमन्त्रीका रुपमा केपी ओली भारत विरुद्ध उभिएकै कारण एमालेले हालैका संघ र प्रदेश निर्वाचनमा अधिक मत पाएको हो । उत्तरतर्फका सबै सबै नाका खोलिन्छन्, चिनियाँ रेल केरुङ(काठमडौं(पोखरा हुँदै लुम्बिनी पुग्छ, चिनियाँ सहयोगमा नेपालमा पेट्रोलियम उत्खनन् हुन्छन् भन्ने नाराले गर्दा एमालेको पक्षमा जनमत उर्लियो । यही कारण अब भारतसँग ओली नेतृत्वको नयाँ सरकारको सम्बन्धमा सुधार हुन सक्छ ।

परीक्षामा ओली
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण ९२०१७ अगष्ट २५-२७० मा प्रकाशित संयुक्त विज्ञप्तिमा केशी उच्च बाँध परिसकेको छ । यसको अर्थ दुवै देशले यो प्रस्ताव स्वीकारेको भन्ने हो । भारत अब ओलीलाई कोशी उच्च बाँध निर्माणमा मनाउन लागिपर्नेछ । विकासका स्वप्निल परियोजनाहरु बारेका भाषणका कारण पनि लोकप्रिय बनेका ओली कोशीमा जलयात्राका बहानामा उच्च बाँध निर्माणमा सहमत भए ठूलो आश्चर्य हुनेछैन । नेपाली कर्मचारीतन्त्रभित्रका भारतीय ुगुडबुकुमा रहेका केही अधिकारी त त्यो लविङमा छँदैछन् । तर, नेपालमा उच्च बाँध बिरोधी आवाज बलियो रहेकाले ओलीका लागि त्यो सहज सौदाको विषय हुनसक्ने देखिदैन । आजको हिमाल साप्ताहिकमा टीकाराम राईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित