ओलीले पल्टाएको पासा र परीक्षामा ओली



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विशेषतः नेपालमा सत्तारुढ हुन लागेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लाई भेट्न १८-१९ माघमा काठमाडौं भ्रमण गरिन् ।

आकस्मिक जस्तो लाग्ने भ्रमणको मूल उदेश्य अध्यक्ष ओलीसँग सम्बन्ध सुधारी नेपालमा भारतीय इन्गेजमेन्ट लाई सघन राख्नु रहेको बुझन् सकिन्छ ।

स्थापित कूटनीतिक अभ्यासलाई उपेक्षा गरिएको स्वराजको यो भ्रमणले ओलीसँग सम्बन्ध सुधार गर्न भारत नेपाल धाउन तयार छ भन्ने सन्देश दिएको छ ।

एमालेले पनि कूटनीतिक आचरण बिर्सेजस्तो गर्दै छिमेकी राष्ट्रको मन्त्रीको स्वागतमा रात्रिभोज आयोजना गर्यो ।

इन्गेजमेन्ट का हत्कण्डा
नेपालमा केही नयाँ प्रधानमन्त्री बन्नासाथ दिल्ली धाउने परम्परा विपरीत भावी प्रधानमन्त्रीको ुखिदमतुमा भारतीय विदेशमन्त्री नेपाल आएको कारण पनि स्वराजको यो भ्रमण विशेष रह्यो । उनले ओलीसँग काम गर्ने इच्छा दाहोर्याइनन् मात्र, मधेसकेन्द्रित दलका शीर्ष नेताहरुलाई एमालेसँग मिलेर जान पनि सुझाइन् । स्वराजको यो तेवरबाट दुइ वटा अर्थ लगाउन सकिन्छ । पहिलो, नेपालको मधेस मुद्दामा भारतको चासो अहिलेलाई सकियो र दास्रो, ओली नेतृत्वको सरकारमा मधेसी नेताहरुको संलग्नताबाट ुस्ट्रक्चरल एड्जस्टमेन्टु भनेका थिए । दोस्रो अर्थलाई नेपालमा भारतले माओवादी बिनाको आगामी सरकार हेर्न चाहेको संकेतको रुपमा बुझ्न सकिन्छ ।

नेपालको महत्व
पाँच महिना लामो नाकाबन्दीको बेला प्रधानमन्त्रीका रुपमा केपी ओली भारत विरुद्ध उभिएकै कारण एमालेले हालैका संघ र प्रदेश निर्वाचनमा अधिक मत पाएको हो । उत्तरतर्फका सबै सबै नाका खोलिन्छन्, चिनियाँ रेल केरुङ(काठमडौं(पोखरा हुँदै लुम्बिनी पुग्छ, चिनियाँ सहयोगमा नेपालमा पेट्रोलियम उत्खनन् हुन्छन् भन्ने नाराले गर्दा एमालेको पक्षमा जनमत उर्लियो । यही कारण अब भारतसँग ओली नेतृत्वको नयाँ सरकारको सम्बन्धमा सुधार हुन सक्छ ।

परीक्षामा ओली
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण ९२०१७ अगष्ट २५-२७० मा प्रकाशित संयुक्त विज्ञप्तिमा केशी उच्च बाँध परिसकेको छ । यसको अर्थ दुवै देशले यो प्रस्ताव स्वीकारेको भन्ने हो । भारत अब ओलीलाई कोशी उच्च बाँध निर्माणमा मनाउन लागिपर्नेछ । विकासका स्वप्निल परियोजनाहरु बारेका भाषणका कारण पनि लोकप्रिय बनेका ओली कोशीमा जलयात्राका बहानामा उच्च बाँध निर्माणमा सहमत भए ठूलो आश्चर्य हुनेछैन । नेपाली कर्मचारीतन्त्रभित्रका भारतीय ुगुडबुकुमा रहेका केही अधिकारी त त्यो लविङमा छँदैछन् । तर, नेपालमा उच्च बाँध बिरोधी आवाज बलियो रहेकाले ओलीका लागि त्यो सहज सौदाको विषय हुनसक्ने देखिदैन । आजको हिमाल साप्ताहिकमा टीकाराम राईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...