साझा उम्मेद्धवार तय गर्ने निर्णय गर्दै एमाले–माओवादी कार्यदल बैठक सम्पन्न,राष्ट्रिय सभाका ५६ मध्ये कम्तिमा ३८ सिट जित्ने वाम कार्यदलको निष्कर्ष



राष्ट्रिय सभा र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित एमाले–माओवादी केन्द्रबीचको कार्यदलको आजको बैठकमा ७ वटै प्रदेशमा जित्न सकिने सिट संख्याबारे विश्लेषण भएको छ। साथै, कार्यदलको आजको बैठकले ३ माघमा बैठक बसेर राष्ट्रिय सभामा सिट बाँडफाँड र अन्य तयारी सकेर प्रदेश सरकार निर्माणका सन्दर्भमा छलफल थाल्ने निर्णय पनि गरेको छ।

प्रदेश सरकार भन्दा पहिले राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले आजको बैठकमा एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार वामगठबन्धनले कुन प्रदेशमा कति सिट जित्न सक्छ भन्ने विश्लेषण गरिएको थियो। आजको बैठकले राष्ट्रिय सभा निर्वाचनमा वामगठबन्धनका लागि सबैभन्दा अनुकूल प्रदेश–६ हुने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

‘एकताको भावनाका साथ जाँदा प्रदेश–६ मा सबै ८ सिट जित्न सकिने निष्कर्ष निकालिएको छ’ कार्यदलका एक सदस्यले भने, ‘सबैभन्दा कमजोर चाहिँ प्रदेश–२ देखिन्छ। ८ मध्ये त्यहाँ वामगठबन्धनले २ सिटमात्र जित्न सक्छ।’ कमजोर मानिएको प्रदेश–२ मा मधेशी दलसँग सहकार्य गर्न सके सिटसंख्या बढ्ने भएकाले त्यसका लागि पहल गर्नु निष्कर्षपनि आजको बैठकले निकालेको छ।

प्रदेश–३ मा पनि साना सबै साना पार्टीहरुलाई मिलाउन सक्ने हो भने वामगठबन्धनको पक्षमा सबै अर्थात् ८ सिट निकाल्न सकिने निष्कर्ष आजको बैठकले निकालेको छ। यो प्रदेशमा प्रदेश सभामा राप्रपा, विवेकशील साझा लगायतका दलको पनि केही सिट भएको आधारमा यस्तो निष्कर्ष निकालिएको हो। राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने व्यवस्था छ।

प्रदेश–४ मा पनि ६ वटा सिट जित्ने निष्कर्ष निकालेको कार्यदलको बैठकले प्रदेश–७ मा पनि त्यति नै सिट जितिने विश्लेषण गरेको छ। ‘एमाले–माओवादी केन्द्र मिल्दामात्रै पनि कम्तिमा ३६ सिट जितिने निष्कर्षमा हामी पुग्यौं’ कार्यदलका ती सदस्यले भने, ‘मधेश केन्द्रित दल र समानुपातिकबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने अरु दलसँग पनि मिल्दा गठबन्धनको पक्षमा कम्तिमा ३९ सिट आउने सम्भावना छ।’

आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले प्राप्त गर्नसक्ने सिट संख्याको विषयमा मात्र विश्लेषण गरिएको एमाले नेता शंकर पोखरेलले बताए। ‘माघ ३ गते अर्काे बैठक बस्ने र त्यही बैठकबाट राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी तयारी सक्ने निर्णय गरेका छौं’ पोखरेलले भने, ‘त्यसपछि प्रदेश सरकार निर्माणको विषयमा छलफल सुरु हुनेछ।’

आजको बैठक एमाले संसदीय दलको कार्यालयमा बसेको थियो। कार्यदलमा एमालेबाट सुवाष नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, बर्षमान पुन र मातृका यादव सदस्य छन्। ५९सदस्यीय राष्ट्रिय सभामा प्रदेश सभाबाट निर्वाचित हुने कूल ५६ सिट छन्। बाँकी ३ जना चाहिँ राष्ट्रपतिबाट मनोनित हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस
छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित

श्रीलंकाका राष्ट्रपति अनुराले लिए शपथ

    श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्

रास्वपा कार्यकर्ताको पोखरामा प्रदर्शन

    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले

दुर्गा प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन