बाम गठबन्धन तोड्ने भारतको यस्तो रणनिती बुझे पछी ओलीले प्रचण्डलाई काठमाडौँ झिकाए,भारतीय दुताबासले यसरी तोड्दै छ गठबन्धन,गठबन्धन तोड्न गरिएको रात्रीभोज खान को-को गए?



नेपालको राजनीतिमा भारतीय चासो निकै हस्तक्षेपकारी रूपमा विकसित भइरहेको छ । वाम गठबन्धनको सरकार बन्ने संकेतलाई कम आकंलन गर्दै भारतीय दुतावासका कर्मचारीहरु निकै सक्रिय भएर लागेको पाइएको हो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै चुनाव चिह्न साथ चुनावमा होमिएपछि प्राप्त गरेको सफलताबाट उत्साहित बनेका नेता र कार्यकर्ताहरू पिरोलिन थालेको वाममा चर्चा हुन थालेको छ ।

दुवै पार्टीको गठबन्धनलाई पार्टी एकीकरणमा रूपान्तरित गर्ने प्रयास क्रमिक रूपमा असफल हुने संकेत देखा परिरहेको छ । यी दुई पार्टीलाई एकीकृत हुन नदिन दक्षिणतिरको छिमेकी मुलुक भारतले खुला रूपमा चलखेल सुरु गरेको छ ।

दूतावासमा राजनीतिक दलका नेताहरूलाई दिवा भोज र रात्री भोजका आयोजना गर्दै धमिलो पानीमा माछा मार्ने खेलमा भारतीय राजदूत मञ्जिपसिंह पुरी लागेका छन् भने उनलाई सहयोग गर्न भारतीय ‘रअ’ प्रमुख अनिल धसमानासमेत नेपाली आइपुगेका छन् । त्यसे त भारतको हेडक्वाटरबाट गोप्यरुपमा विभिन्न ब्यक्तीहरु नेपाल आउने जाने क्रमले पनि निकै तिब्रता पाएको छ ।

भारतले नेपालमा वाम सरकार बनिहाले पनि फरक नपर्ने प्रचार गर्दै आए पनि वाम चिनसँग निकट भएको भन्दै दिल्ली असन्तुष्ट रहेको स्रोत बताउछ ।

एमाले अध्यक्ष केपी ओलीलाई भेटेर जब मन्जिभ सिंह पुरी दिल्ली उडे, त्यसपछि नै सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल गरेपछि भारतको सक्रियता देखिएको हो । ओलीले उपेन्द्र यादवसँग बालकोटमा छलफल गरेपछि राजनीतिमा एकखालको तरङ्ग पैदा भयो । वार्ताले कनै रुप नलिए पनि वाम गठबन्धनमा ठुलै खैलाबैला मच्चियो । जसका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफुलाई छलेर भारत र यादवसँग कुरा गरेको भन्दै चितवन तिर अल्मलिएका थिए । उतादिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भए ।

पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किएको चर्चा राजनीतिक विश्लेशकहरुरुले गर्न थालेकाछन् । वाम गठबन्धनको सरकार बन्न नदिने खेललाई गोप्य रूपमा तीव्र बनाएको चर्चा उत्तिकै चलेको छ । त्यसमा पनि ओली नेतृत्व पन्छाउने खेल तिब्र भइरहेको आशंका गरिएको छ ।

यसका लागि भारतीय ‘रअ’ प्रमुख अनिलले समेत वाम गठबन्धनका शीर्ष नेताहरूलाई फरक–फरक ठाउँमा गोप्य भेट गरेको स्रोतले न्यूज अभियानलाई बताएको छ । भारतले सकेसम्म वाम गठबन्धनको सरकार बन्न नदिने खेललाई प्राथमिकतामा राखेको बुझिन्छ । वाम पन्छाउन नसकिए प्रचण्डलाई अघि सार्न पाए हुन्थियो भन्ने सोंच दिल्लीको रहेको छ ।

त्यसका लागि उनीहरुको सक्रियता चुलिएको हो । ‘रअ’ प्रमुख अनिलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धन छोड्न र पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचार बाहिर आएको छ । यस्तो प्रचारलाई पुष्टि गर्न नसकिए पनि स्वयं प्रचण्ड र भारतीय रअ प्रमुख अनिल धसमाना वा भारतीय राजदूतावासबाट समेत खण्डन नसकिएपछि समाचारको सत्यता पुष्टि भइरहेको छ ।

भारतीय गोटीका रूपमा रअ प्रमुखले कांग्रेस नेता अमरेशकुमार सिंह र राजपा नेता राजेन्द्र महतोलाई अघि सारेकाछन् । वाम अन्योलसँगै सिंह ,महतो र राजदूत पुरी पनि निकै सक्रिय रहेकाछन् । वामको कुरा मिलेको छैन भनि थाहा पाएपछि राजदूत पुरी सक्रिय भएका हुन् ।

’नेपाली काँग्रेसका सिंह बाहेक मध्यमस्तरका अन्य नेताहरु पनि सक्रिय बनाइएको छ ।’वाम गठबन्धन बन्दैखेरि भारतीय चलखेलबाट गठबन्धन बनेको आशंका गर्नेहरू पनि थिए । भारतीय स्वार्थअनुकूल महाकाली सन्धि गराउन दुई दशकअघि देखिएको केपी ओलीको सक्रियता र पाँच नम्बर प्रदेशलाई पहाड र तराई छुट्टयाउने गरी सीमांकन प्रस्ताव गर्न भारतीय स्वार्थअनुकूल गत वर्ष प्रयोग भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको राष्ट्रिय हितअनुकूल वाम सरकार निर्माणका लागि इमान्दारिता देखाउलान् भन्ने विश्वास धेरैलाई लागेको थिएन ।

भारतीय चलखेलबाट केपी ओली र पुष्पकमल दाहालबीच दुरी बढ्न थालेपछि पार्टी एकीकरण धेरै टाढिादैँ गएको छ । पछिल्लो पटक प्रचण्ड निवास खुमलटारमा भारतीय रअ प्रमुखसहित तीन जना पुगेका थिए । प्रचण्डले ३० मिनेट सम्म रअ प्रमुखसाग गोप्य वार्ता गरेका थिए । गोप्य भेटवार्ताबारे राजेन्द्रं महतोले बताउदै हिडेको स्रोत बताउछ । प्रचण्डलाई रअ प्रमुखले प्रलोभन दिएको बताइएको छ ।

के प्रलोभन हो त्यो भने खुलाइएको छैन् ? भारतीय चाहनाबमोजिम संविधान संशोधनको आफ्नो एजेण्डबाट पछि नहट्न प्रचण्डलाई दवाव परिरहेको बुझिएको छ । केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गरी प्रचण्ड नेतृत्वको सरकार निर्माण गर्ने क्रममा सुरु भएको संविधान संशोधनको प्रयास सफल नभएकाले त्यसलाई सफल तुल्याउनका निम्ति पनि प्रचण्डले वाम गठबन्धनबाट आफूलाई अलग गर्नुपर्ने सुझाव ‘रअ’ प्रमुख अनिलले गरेको कुरा विश्वस्त स्रोतले जनाएको छ । माओवादी नेतृत्वले भेटघाटलाई बाहिर ल्याउन चाहेको छैन ।

राजपा नेता राजेन्द्र महतोले प्रचण्डलाई रअ प्रमुखबाट वाम गठबन्धन छोड्न प्रस्ताव गरेको स्वीकार गरेका छन् । ‘मुद्दा हामीसँग मिलेका छन्, तपाई पाँच वर्ष प्रधानमन्त्री बन्नुहोस, कांग्रेस र हाम्रो पाँच वर्ष सहयोग रहन्छ, मैले पनि भनेको छु’ महतोले भेटघाटमा बताउने गरेकाछन् । भारतको सक्रियमा हुने गरेका यस्ता राजनीतिक भेटघाटले वाम सकसमा परेसँगै राजनीतिक अस्थिरता समेत लम्बिने पक्का पक्की छ ।

यता चिनको सक्रियता पनि उत्तिकै चर्किएको छ । कहिले चिन देखाउँदै भारत तिर नजिकिने ? कहिले भारत देखाउँदै चिन तर्फ नजिक हुन खोज्ने अवसरवादी राजनीतिको मार आम नागरिकलाई परेको छ ।

प्रतिक्रिया दिनुहोस
श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा

    श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित

रवि पत्नी निकिता रास्वपा कार्यालय आएर फर्किइन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

रास्वपा कार्यालयमा भीड, सादा पोशाकमा प्रहरी परिचालन

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी

सहकारी ठगी प्रकरणमा छबिलाल जोशी पक्राउ

    सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी