देउवालाई देखाउदै ओलीले पाखुरा सुर्किएर भने-बरु प्रधानमन्त्री नबनुँला, तर अध्यादेश स्वीकृत गर्न मरी गए दिन्नँ



प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवासमा बोलाएको राष्ट्रिय पार्टीहरुको बैठक सकिएपछि जब नेताहरु उठ्ने तयारी गर्दै थिए, विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत गर्न नदिएर प्रधानमन्त्री बन्न ढिलो गर्दै हुनुहुन्छ?’

त्यसअघि बैठकमा ओलीले भनिसकेका थिए, ‘हाम्रो संविधानमा कहीँकतै एकल संक्रमणीय मत प्रणाली सम्बन्धी व्यवस्था छैन, तर सरकारले राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशमा एकलसंक्रमणीय मतका आधारमा निर्वाचन हुने उल्लेख गरेको छ। यो सिधै संविधानको भावना प्रतिकूल छ, असम्बैधानिक छ। त्यसैले, यस्तो अध्यादेश स्वीकृत गर्ने सहमति दिइँदैन।’

तर जब निधिले जति चाँडो अध्यादेश स्वीकृत भयो, त्यति नै चाँडो ओली प्रधानमन्त्री बन्न सक्ने भन्दै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको अध्यादेश स्वीकृतिमा सहमति जनाउन ओलीलाई सुझाव दिए, ओलीले निधिसँग भने, ‘मैले अघि नै भनिसकें, अध्यादेशको प्रावधान असम्बैधानिक छ। बरु प्रधानमन्त्री ढिलो बनुँला तर प्रधानमन्त्री चाँडो बन्ने नाममा असंवैधानिक अध्यादेश स्वीकृत गर्न दिन्न।’

‘बैठकमा त मान्नु भएन नै, चाँडो प्रधानमन्त्री हुनुहुन्छ, छिट्टै अध्यादेश स्वीकृत गरिदिनुस् भन्दा उहाँले यस्तो पो जवाफ दिनुभयो’ निधिले भने, ‘प्रधानमन्त्रीले अध्यादेशमा सहमति जुटाउनका लागि राष्ट्रिय पार्टीहरुको बैठक बोलाउनु भएको थियो। तर एमालेले नमानेपछि बैठक कुनै निष्कर्षमा पुग्न सकेन।’

त्यसअगावै बैठकमा बोल्ने क्रममा पनि निधिले ओली प्रधानमन्त्री बन्ने सन्दर्भ उप्काएका थिए। निधिको भनाई थियो, ‘तपाईंहरु देउवाले सत्ता छाड्न चाहेका छैनन् भन्नुहुन्छ? ओलीजीलाई प्रधानमन्त्री बनाउने देउवाजीले होइन, राष्ट्रपतिले हो। एमाले–माओवादी केन्द्रको बहुमत छ, संविधान अनुसार सिधै राष्ट्रपतिले ओलीजीलाई प्रधानमन्त्री चयन गरे भइहाल्यो नि।’

निधिका अनुसार बैठकको सुरुवातमै प्रधानमन्त्री देउवाले संसद छँदै राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयकमा सहमति जुटाउन सम्भव नभएपछि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइएको जानकारी गराएका थिए। उनले भनेका थिए, ‘जति चाँडो अध्यादेश स्वीकृत हुन्छ, म त्यति नै चाँडो प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त हुन्छु। त्यसैले, यसका लागि सहयोग गरिदिनुस्।’

देउवापछि ओली बोलेका थिए, त्यसपछि क्रमैसँग माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, राजपाका महन्थ ठाकुर, कांग्रेसका रामचन्द्र पौडेल, फोरमका उपेन्द्र यादबले बोलेका थिए। यसैगरी एमाले बरिष्ठ नेता माधब नेपाललेपनि बोलेका थिए। नेपालले पार्टीकै नीति अनुसार एकल संक्रमणीय मतको साटो बहुमतीय प्रणालीको पक्षमा बोलेका थिए।

नेपालको भनाई थियो, ‘हामीले एकल संक्रमणीय मत प्रणाली बहुदलीय कालमा अपनाएका थियौं। तर त्यो संसदीय बेलाको कुरा भएकाले मिल्दो थियो। तर अहिले हामी संघीयतामा गएका छौं। राष्ट्रिय सभाका लागि विभिन्न प्रदेशबाट २–२ बर्षमा नयाँ सांसद छनोट गर्नुपर्ने हुन्छ, त्यसका लागि एकल संक्रमणीय पद्दति व्यावहारिक छैन।’

बैठकमा एमाले–माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन बहुमतीय प्रणालीका आधारमा हुनुपर्ने बताउँदै अध्यादेश फिर्ता गर्न भनेका थिए भने नेपाली कांग्रेस, राजपा र फोरमका नेताहरुले अध्यादेशमा रहेको एकल संक्रमणीय मत प्रणालीको पक्षमा आफ्नो धारणा राखेका थिए। प्रचण्ड र श्रेष्ठले भने जे हुन्छ, छिटो सहमति गरेर जानुपर्नेमा जोड दिएको निधिले बताए।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई