अख्तियारले घुष सहित समातेका डीएसपीले विशेष अदालतबाट यसरी पाए उन्मुक्ती,को हुन् सफाई दिने न्यायाधीश?
घुससहित रंगे हात पक्राउ परेका नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र अर्का प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई विशेष अदालतले आज सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिइरहेका महानगरीय प्रहरी परिसार ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई २०७२ सालमा पक्राउ परेको थियो।
तर, विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई,बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले अभियोग माग दाबीबाट सफाइ दिएको छ।ज्ञवाली बिबादास्पद प्रहरीका रुपमा चिनिदै आएका ब्यक्ती हुन्।