सोमबार सरकार विस्तार हुदै,देउवाको सरकारमा ५४ मन्त्रीको भीड



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डलार्इ थप विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले राष्टिय प्रजातन्त्र पार्टीबाट छुट्टिएर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकलार्इ सरकारमा सहभागि गराउने भएका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सोमबार बिहान साढे ११ बजे नयाँ मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।
राप्रपा प्रजातान्त्रिकबाट सरकारमा पहिलो चरणमा तीन मन्त्री जानेछन् । राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले सरकारमा सहभागि हुने तीन जनाको नाम पनि टुंगो लगाएको छ ।

राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा आइतबार मात्र चयन भएका महामन्त्री दीपक बोहरालार्इ विज्ञान तथा प्रविधि मन्त्रालय, विक्रम पाण्डेलार्इ वन मन्त्रालय र उद्योग मन्त्रालयमा सुनील थापालाई पठाउने निर्णय गरेको छ । यसैगरी उद्योग राज्यमन्त्रीमा रेशम लामालाई पठाउने निर्णय गरेको छ ।
देउवा सरकार जम्बो भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला फेरी सरकार बिस्तार हुन लागेको हो । मंसिरमा तेस्रो सातासम्म मात्र सरकारको आयू रहेकाले नयाँ मन्त्रीहरुले करिव तीन महिनामात्र सिंहदरवारमा बस्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...