एमाले उम्मेदवारको घरमा बम विस्फोट गराउनेको नाम सुन्दै नेताहरु लगलग कामे,कसले गरायो बम विस्फोट



हाम्रो इकोनोमि

नेकपा एमालेको मेयर उम्मेदवार मुन्नी साहको घरमा मंगलबार साँझ भएको बम विस्फोटको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका नेता विप्लबले टेलिफोनमार्फत मेयरका उम्मेदवार साहको घरमा गराइएको बम बिष्फोटको जिम्मेवारी लिएका हुन्।

आगामी असोज २ गते हुन लागेको स्थानीय तहमा एमालेबाट लहान नगरपालिकाका उम्मेदवार साहको घरमा मंगलवार साँझ बम बिष्फोट गराइएको थियो । एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान ५ स्थित घरमा बिष्फोट भएको थियो ।

लहानमा लोकप्रिय नेता र जनताका सवै काममा सहयोगी रहेको कारण जित शुनिश्चित भएपछि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपाको डिजाइनमा मोर्चाले हतोत्साही बनाउन बम साहको घरमा बिष्फोट गराइएको स्थानीयले दावी गरेका थिए ।

एमाले प्रवेश गरेपछि सत्तारुढ दलका कार्यकर्ताले भूमिगत सुमुह लगाएर ज्यान मार्ने धम्की दिएको भन्दै स्थानीयले सो आशंका गर्दै भुमीगत समुहको नाममा जिम्मा लिन लगाउने र सत्तारुढकै कार्यकर्ताले बिष्फोट गराउने योजना सार्वजनिक गरेका थिए ।

सत्तारुढ दलका नेता कार्यकर्ताहरुले कुनै भुमिगत समुहलाई जिम्मेवारी लिन लगाउन सक्ने स्रोतले मंगलवार नै दावी गरेको थियो । आज जनतान्त्रिक तराई मुक्ति मोर्चाले मधेस विरोधी पार्टीबाट उम्मेदवारी दिएको भन्दै बम विस्फोट गराएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...