एमालेका उम्मेदवार ढाल्न पूर्व गृहमन्त्रीको भारतीय सुटर संग कनेक्शन,एमाले ‘सिध्याउन’ यस्तो बन्यो योजना



हाम्रो इकोनोमि

तराई मधेसमा भइरहेको स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेको पत्ता साफ गर्न कमाण्डर खटाइएको खुलासा भएको छ ।
एमाले स्थायी समिति सदस्य एवं २ नं. प्रदेशका ईञ्चार्ज सत्यनारायण मण्डलले २ नं. प्रदेशबाट एमालेलाई सिध्याउन नेपाली कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको खुलासा गरेका हुन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासाँग कुरा गर्दै संयोजक मण्डलले एमालेका कार्यकर्ताहरूको हत्या गर्नेसम्मका योजना बनेको टिप्पणी गरे । त्यसका लागी निधीले भारतीय सुटर संग कुरा गरेको समेत बाहिरिएको छ।

‘एमालेका कार्यकर्ताको हत्या गर्ने योजना बनेको समेत थाहा पाएका छौँ’, मण्डलले भने, ‘एमालेलाई सिध्याउन कांग्रेसले विमलेन्द्र निधिलाई कमाण्डर बनाएर पठाएको छ ।’ त्यसैको पूर्व संकेतका रुपमा हिजो लहानका एमाले मेयरका उम्मेदवार मुन्नी साहको घरमा बम बिष्फोट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...