राजपामा यसरी जादैछ अझै पहिरो,असोज २ गते सम्ममा राजपा रित्तिने यस्तो आयो रिपोर्ट



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ मा चुनाब होलाकी नहोलाको संसयलाई चिर्दै आज असोज २ गते हुने चुनाबका लागी मनोनयन दर्ता भईरहेको छ।
आज प्रदेश नम्बर २ अन्तर्गतका १३६ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । बुधबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर २ को निर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका लागि त यो निर्वाचन जीवनमरणक सवाल बनेको छ । मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिसमेत घोषणा भइसकेकाले पनि प्रदेश नम्बर २ को निर्वाचनको मतपरिणाम सबै दलका लागि महत्वपूर्ण देखिएको छ ।

कांग्रेसलाई धेरै स्थानीय तहमा जितेर आफ्नो भोट बैंक मधेस नै रहेको पुष्टि गर्नुपर्ने चुनौती छदैछ । एमालेलाई अन्य प्रदेशमा झैं मधेसमा पनि एमाले बलियो छ भन्ने देखाउनु छ । माओवादीलाई संगठन विस्तार गर्नुपर्ने बाध्यता छ । त्यही भएर उसले अन्य पार्टीबाट भित्र्याउँदै टिकट दिँदै गरेको छ ।
राजपालाई भविष्यको राजनीति सुरक्षित गर्न पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने चुनौती आइपरेको छ । उम्मेदवार मनोनयन दर्ताअघि नै राजपामा पहिरो गएको छ । स्थानीय तहको प्रमुख पदमा पदाधिकारीले नै दाबी गरेपछि राजपालाई उम्मेदवारी टुंगो लगाउन निकै सकस प¥यो ।

आफूले टिकट नपाएपछि राजपाका आधा दर्जनभन्दा बढी पदाधिकारीले पार्टी त्यागे भने, सयौं नेता कार्यकर्ता अरु पार्टी प्रवेश गरे । यसले के देखाउँछ भने यदि प्रदेश नम्बर २ को निर्वाचनमा राजपाले भाग नलिएको भए निर्वाचनपछि सो पार्टी नै सिद्धिने पूर्वानुमान सही हुन सक्थ्यो ।
टिकट नपाएपछि राजपाका महामन्त्री जंगीलाल राय, सचिव गोविन्द मण्डल, नेता विमल श्रीवास्तव, नरेन्द्र यादव जस्ता ठूला नेताले पार्टी नै परित्याग गरे ।

विमल श्रीवास्तव त विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक प्र्रवेश गरी मेयरको उम्मेदवार बनेका छन् । उनलाई राजपाले वीरगन्जको मेयरको टिकट नदिई नेवार समुदायका राजेशमान सिंहलाई दिइएको छ । सिंह शरत्सिंह भण्डारी निकट युवा नेता हुन् । यहि क्रमले राजपामा पहिरो जाने हो भने त्यो पार्टी रित्तिने संकेत देखिन थालेको छ।अझै पनि ठुलो संख्यामा राजपा नेपाल त्याग्ने हरु साइत हेरेर बसेका छन।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...