राणाले अगुल्टो हाने पछी दिपक बोहोरा १० सांसद सहित कमल थापाको शरणमा !



हाम्रो इकोनोमि

राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले मन्त्रीमा तीन जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई सुटक्क बुझाएपछि मन्त्री बन्ने तमतयारीमा रहेका सांसद दिपक बोहरा एकाएक बिच्किएका छन् ।
अन्तिममा आएर बोहराको नाम कटाएर राणाले तीन जनाको मात्रै नाम देउवालाई बुझाएपछि बोहरा राणासँग बिच्किएका हुन् । उनले पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापासँग बाक्लो हिमचिम बढाएका छन् । स्रोतका अनुसार उनले थापालाई राप्रपा प्रजातान्त्रिकबाट कम्तिमा दश सांसद लिएर आउने वचन समेत नेता बोहराले दिएका छन् ।

यता अध्यक्ष राणाले प्रधानमन्त्री देउवासामू बुझाएका नाममा सुनिल बहादुर थापा, रामकुमार सुब्बा र विक्रम पाण्डेको मात्रै नाम छ ।

सुरुमा चार मन्त्रालय दिएमात्रै पार्टी सरकारमा जाने अध्यक्ष राणाले बताउँदै आएका थिए । तर, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन भन्दा बढि मन्त्रालय दिन नसकिने अडान लिएपछि बाध्य भएर राणाले पार्टीका तर्फबाट तीन जनाको मात्रै नाम दिएका हुन् ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएकार र उक्त भ्रष्टाचारको मुद्दामा पूर्वमन्त्री बोहरा पनि अख्तियारको फन्दामा पर्ने भएपछि देउवाले बोहरालाई मन्त्री नबनाउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...