निर्वाचन आचारसंहिता लागे पनि सरकारले भटाभट कर्मचारी सरुवा गर्ने



हाम्रो इकोनोमि

सरकारले निर्वाचन आचारसंहिता लागू भए पनि कर्मचारी सरुवा प्रक्रिया नरोक्ने जनाएको छ । अत्यावश्यक कामका लागि कर्मचारीको सरुवा नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराज न्यौपानेले जानकारी दिए।
उनले निर्वाचन आयोगसँग अनुमति लिएर काज, सरुवा र पदस्थापना गरिने बताए। भदौ महिनाभित्र मन्त्रालयले सरुवा गर्ने व्यवस्था भए पनि निर्वाचन आचारसहिंता लागेपछि सरुवालाई प्रभावित बनाएको छ ।
‘आचारसहिंताले पहिला जस्तो सरुवा गर्न मिल्दैन, तर अत्यावश्यक र नभई नहुने ठाउँमा आयोगको सहमति लिएर सरुवा गर्छौं,’ प्रवक्ता न्यौपानेले भने।

राससका अनुसार मन्त्रालयले अहिलेसम्म १ सय २९ अधिकृत सरह र १ सय २७ सुब्बासरहका कर्मचारी सरुवा गरेको छ ।
ती कर्मचारीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत स्थानीय तहमा, विभिन्न मन्त्रालयमा काजमा र पदस्थापनाका लागि सरुवा गरिएको प्रवक्ता न्यौपानले बताए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...